१६ भदौ, काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको पिसावमा समस्या
देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ ।
पत्थरीबाट पिडित खनालको हिजो बेलुकीदेखि पिसाव रोकिएपछि आज बिहान
जाउलाखेलस्थित अल्का अस्पतालमा भर्ना गरिएको हो ।
खनालको मृगौलामा रहेको पत्थरी पिसाव नलीमा आएर अड्किएपछि समस्या भएको
चिकित्सकहरुले जानकारी दिएका छन् ।
अल्का अस्पतालका युरो सर्जन डा. सुमन शर्मा, डा. राजेश वटाजु र भारतका
एपोलो अस्पतालका युरो सर्जन डा. अशुमान अग्रवालको टोलीले विहान १० बजे
लेजर टेक्नोलोजीबाट शल्यक्रिया गर्ने कार्यक्रम तय भएको खनालका स्वकीय
सचिव रामबाबु अधिकारीले जानकारी दिनुभयो । चिकित्सकहरुले पाइपमार्फत
पिसाव खुलाएको बताइएको छ ।
यसअघि भारतमा पत्थरी अप्रेसन गरेपछि खनालको पिसाबनली साँघुरीएको र आज
शल्यक्रिया गरि त्यसलाई खुकुलो बनाईने अस्पताल स्रोतले जनाएको छ ।
No comments:
Post a Comment