Monday, February 25, 2013

गच्छदारले गणेश बोकेपछि उपेन्द्र मनाङ्गेको शरणमा

१४ फागुन, काठमाण्डौ । बिजयकुमार गच्छदारले खुंखार डन गणेश लामालाई
केन्द्रीय सदस्य बनाएर संयुक्तरुपमा सम्पत्ति संकलन गरिरहेका बेला मधेसी
जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलेअर्का डन दिपक मनाङ्गे उर्फ
राजीव गुरुङसँग सहकार्यको हात बढाएका छन् ।
इटको जवाफ पत्थरले दिनका लागि उपेन्द्रले मनाङ्गेलाई साथमा लिन खोजेको
फोरम युवा संगठनका अध्यक्ष योगेन्द्र यादवले मधेसी युवाहरुमाझ खुलासा
गरेको सोमबारको साँघु साप्ताहिकले छापेको छ ।
मनाङ्गे हाल संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको उपाध्यक्ष छन । उनलाई
फोरमको केन्द्रीय सदस्य बनाउन उपेन्द्र तयार रहेको समाचारमा उल्लेख छ ।
मनाङगेले भने आफु उपेन्द्रको पार्टीमा जान लागेको भन्दा पनि फोरम र आफ्नो
पार्टीवीच सहकार्य हुन लागेको र भबिष्यमा एउटै पार्टीमा अटाउन सकिने बताए
। उपेन्द्रको नेतृत्वमा रहेको सात पार्टीको गठनवन्धनमा आफ्नो पार्टी पनि
थपिएर आठ पार्टी हुन लागेको बताउँदै मनाङगेले भने- 'उपेन्द्र जी मधेसको
कर्मठ र राम्रो छवि भएको नेता हो, अरु सवै भ्रष्टाचारले गन्हाएका छन,
भोली सँगै हुन गा्रहो छैन ।'
युवाको सम्मेलनमा प्राडो र पजेरो
यसैवीच बुटवलमा जारी एमाले निकट युवासंघको महाधिवेशनस्थलमा प्राडो,
पजेरो, स्करपियो लगायतका महंगा गाडीको ताँती देखिएको साँघु साप्ताहिकले
नै छापेको छ । निरज आचार्यको गुटको भेलामा बढि मोटरसाइकल देखिए पनि महेश
बस्नेतको भेलामा प्राडो, पजेरोजस्ता महंगा गाडीको ताँती देखिने गरेको छ ।
मधेशको पक्षमा पर्शुराम बस्नेत, बाहुन डन लगायतका कहलिएका डनहरु रहेका छन
भने केही कनिष्ठ डनहरुले अर्का प्रत्यासी निरज आचार्यलाई साथ दिएका छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete