Friday, February 22, 2013

एक हप्तामा मलेसियामा पाँच नेपालीले ज्यान गुमाए

क्वालालम्पुर । मलेसियामा एकहप्तामा पाँच जना नेपाली कामदारको ज्यान गएको
छ । तामिनजयामा तीन , जोहोरे र वातुपहातको जलान कोतामुनीमा रहेका
कम्पनीमा कार्यरत नेपाली मजदुरको ज्यान गएको हो । तान्जानियामा रहेको एक
फलाम कम्पनीमा कार्यरत पाल्पा अर्गली-१, का ३० बर्षकाश्रीधर भटटराईको
वुधवार ज्यान गएको हो । फलामहरु संकलन गर्न काजाङमा गएका बेला उनको ज्यान
गएको हो । साँझ सात जना फर्किएर होस्टलमा आएपनि भटटराई नफर्किए पछि
खोज्दै जाँदा नजिकैको रुखको फेदमुनि उनको शब फेला परेको थियो । भटटराई आठ
वर्ष अगाडि रोजगारीको सिलसिलामा मलेसिया आएका थिए ।
भट्टराईको शवलाई विहिवार नेपाल पठाइएको छ । यस्तै बिहीवार सोही कम्पनीमा
कार्यरत वाजुरा घर भएका धर्मराज भारतीको ज्यान गएको छ । वुधवारका दिन काम
गर्दा उनी सामान्य रहेका थिए भने वेलुका पख आँखा धमिलिएको साथीहरुलाई
जानकारी गराएका थिए । विहिवार विहान एक्कासि ऐया र आथ्थु गर्न थालेपछि
साथीभाईहरुले उनलाई नजिकैको अस्पतालमा पुरयाएका थिए । अस्पतामा उपचारका
क्रममा विहिवार दिउँसो उनको ज्यान गएको हो । हाल भारतीको शव पोसमार्टमको
लागि सेरडाङ अस्पतालमा राखिएको संगै काम गर्ने राज कुमार चौधरीले
अनलाइनखबरलाई जानकारी दिए ।
यस्तै तेलिन्तानमा रहेको सेन्ट्रामेलामेल कम्पनीमा कार्यरत नवलपरासि
हकु-५, का ४०वर्षीय विश्वनाथ थारुको गत शनिवार ज्यान गएको छ । यसैगरी
क्वालालम्पुर भन्दा करीव चारघण्टा टाढा पर्ने जोहोरमा गुल्मीका एक युवाको
सुतेकै अवस्थामा ज्यान गएको छ । पूर्तीघाट गाविस वडा नम्बर २ घर भइ
जोहोरमा रहेको एसविएन इण्डटि्रजमा कार्यरत वम वहादुर दलार्मिको सुतैकै
अवस्थामा ज्यान गएको हो । दर्लामि रोजगारीको सिलसिलामा पाँच महिना अगाडि
मात्रै मलेसिया आएको भिम तामाङले जानकारी दिए । यस्तै वातुपहातको जलान
कोतामुनीमा रहेको लेम्ताक फुड एसडिएन विएचडिमा अर्का एक नेपालीको पनि
ज्यान गएको छ ।
ओखलढुङा खिदिफलाट-५, घर भई कार्यरत अन्दाजी २९ वर्षीय लाक्पा शेर्पाले
वुधवार रातिझुण्डिएर आत्महत्या गरेका हुन् । एक महिना देखि विरामी पर्दै
आएका शेर्पा कम्पनीको होस्टलमा वस्दै आएका थिए । दुवै किड्नी खराव भएको
थाहा पाएपछि चिन्तित देखिएका उनलेकोहि पनि साथीहरु नभएको मौका छोपेर
आत्महत्या गरेका हुन । हाल उनको शवलाई पोसमार्टमको लागि स्थानिय
अस्पतालमा राखिएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete