नयाँ दिल्ली, फागुन ११ (पीटीआई)- १६ जनाको ज्यान जानेगरी हैदरबादमा बम
विस्फोट भएको सन्दर्भलाई लिएर भारतले नेपाल-भारत सीमामा सुरक्षा सतर्कता
'हाइ अलर्ट' पारेको छ। अवाञ्छित घटना नहोस् भनेर सशस्त्र सीमा बल
(एसएसबी)को परिचालन बढाइएको तथा सुरक्षा स्थिति 'हाइ अलर्ट'मा राखिएको
भारतीय सुरक्षा अधिकारीले जनाएका छन्।
एसएसबी प्रमुख केएस बङ्कोठीका अनुसार सीमा पार गर्नुअघि सुरक्षाकर्मीले
परिचयपत्र हेर्न थालेका छन्। उत्तर प्रदेशको महाराजगञ्ज जिल्ला भएर नेपाल
प्रवेश गर्ने सबै नाकाहरुमा एसएसबीले क्लोज सर्किट क्यामेरा (सीसी टिभी)
जडान गरेको उनले जानकारी दिए। यस्ता क्यामेराहरु मुख्य सडकको माथि जडान
गरिएका छन्।
सीमामा हुन सक्ने अवाञ्छित गतिविध तथा तस्करी रोक्न नाकामा एसएसबीले
तालिम प्राप्त कुकुरहरु समेत परिचालन गरेको जनाएको छ। कुकुर परिचालनपछि
शंका लागेका स्थानमा जाँच गर्न सहज भएको उनले बताए।
'सबै सीमा नाकाहरुमा सुरक्षा सतर्कता उच्च पारिएको छ', सुरक्षा अधिकारीले
भने- 'सीमाका सम्वेदनशील क्षेत्रमा एसएसबीको पेट्रोलिङ बढाइएको छ।'
स्थानीय खुफिया एकाइ सहित सीमा हेर्ने अन्य भारतीय सुरक्षा एजेन्सीहरुलाई
पनि 'हाइअलर्ट'मा राखिएको छ। सीमा क्षेत्रमा मान्छे भेला हुनसक्ने
सम्भावित स्थानहरु तथा धार्मिकस्थलहरुमा पनि खुफिया एकाइको सक्रिय
परिचालन गरिएको एसएसबी प्रमुख बङ्कोठीले बताए। सीमा क्षेत्रका सिनेमा हल,
होटल, बस तथा रेल्वे स्टेशनमा पनि गस्ती बढाइएको उनले जानकारी दिए।
बिहीबार राति हैदरबादका दुई स्थानमा बम विस्फोट हुँदा १६ जनाको मृत्यु
भएको थियो। १ सय १९ जना घाइते भएका थिए।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete