Saturday, September 1, 2012

कता जाँदैछ समाज ?

काठमाडौं, भाद्र १६ - उनी भर्खर स्कुलबाट आएकी थिइन् । महाराजगञ्जस्थित
डेरामा पसेर लुगा फेर्दै थिइन् । यत्तिकैमा छिमेकी कोठाका एक युवा आए ।
'नानु यता आउ त !' उनले ११ वर्षीया रविना (नाम परिवर्तन) को हातै समातेर
कोठाभित्र लगे, 'एउटा काम छ ।'
स्कुले युनिर्फम फुकालेर फेर्दाफेर्दैकी उनलाई २७ वर्षीय राजेन्द्र
मण्डलले कोही नभएको मौका पारेर जबरजस्ती गर्न खोजे । २० रुपैयाँ र
बिस्कुटदिएर फकाए । रविनाले चिच्याएपछि हल्लीखल्ली भयो र उनी पक्राउ परे
। सुनौलो भविष्यको सपना संगालेरअघि बढिरहेका मण्डल अहिले जबरजस्ती करणी
उद्योगको मुद्दा खेपिरहेका छन् ।
व्यापारी पवन संघाई गएको हिउँदमा अचानक गायब भए ।लामो खोजतलास पछि
प्रहरीले सुइँको पायो, उनको अपहरण भएको छ । खोज्दै जाँदा अपहरणकारी युवा
फेलापनि परे । तर तिनको बयानबाट पोल खुल्यो, संघाईलाई अपहरण गर्ने योजना
त विघटित संविधानसभाका सभासद श्यामसुन्दर गुप्ताले पो गरेका रहेछन् ।
गुप्ता गएको फागुनदेखि यही अभियोगमा पूर्पक्षका लागि थुनामा छन् ।
हालै प्रहरीमा एक अनौठो उजुरी पर्‍यो । उजुरी दिने एउटी विवाहित युवती
थिइन् । अभियुक्त बनाइएको थियो उनकै पति । 'ब्लू फिल्ममा जस्तै गर्न
पर्‍यो' भनेर उनका श्रीमान्ले आफ्ना केही साथी पनि ल्याएछन् र उनीहरूसँग
सामूहिक सहवासका लागि तयार हुन उर्दी दिएछन् ।
यी हुन् हालसालै हाम्रा समाजमा भएका केही अपराधका उदाहरण । यसवर्ष
अदालतमा बढेका मुद्दाका थान र तथ्यांकको वर्गीकरणले भन्छ, समाजमा अपराध
डरलाग्दो गरी बढिरहेको छ ।
काठमाडौं जिल्ला अदालतमा मात्रै यो वर्ष २ हजार २सय मुद्दा बढे । त्यसमा
पनि फौजदारी मुद्दाको संख्या उल्लेख्य भएको काठमाडौं जिल्ला अदालतका
स्रेस्तेदार भरत लम्सालले बताए । 'हामीसँग अहिले जम्मा गरेर १४ हजार
मुद्दाहरू छन्' लम्सालले भने, 'काम गरेर फुर्सदै छैन ।'
यौन अपराध, बलात्कार, आशय करणी, मानव बेचबिखन, लागू औषध, कर्तव्य ज्यान,
ठगी, चोरी, किर्ते, जालसाझीजस्ता मुद्दा अदालतहरूमा बढेका छन् ।
'अचेल यौन र पैसासँग सम्बन्धित मुद्दाहरू बढ्न थालेका छन्,' अधिवक्ता
लेखनाथ भट्टराई भन्छन्, ' यौन का मामिलामा त अनौठा-अनौठा घटना भइरहेका
छन् ।' केहीअघि उनकामा एउटी २२ वषर्ीया युवती पतिलाई मुद्दा हाल्न कानुनी
परामर्श गर्न आइपुगेकी थिइन् । 'उनका पति मुख मैथुन र गुद्वार मैथुन गर्न
निकै शौखिन रहेछन्,' भट्टराई भन्छन्, 'युवतीलाई भने त्यो एकदम घिन
लाग्दोरहेछ । दिनदिनकै यातना सहनै नसक्ने भएपछि उनी मुद्दा हाल्ने
मनस्थितिले मकहाँ सल्लाह लिन आएकी थिइन् ।'
पारिवारिक किचलोका मुद्दाहरू पनि अदालतमा पर्याप्त मात्रामा बढेको
देखिन्छ । यो वर्ष काठमाडौं जिल्ला अदालतमा मात्रै सम्बन्ध बिच्छेदका १२
सय ७२ मुद्दा छिनिए । ४ सय ३७ मुद्दा अझै छिन्न बाँकी नै छन् । 'अंशबन्डा
र पारिवारिक जग्गामा भएको खिचलोका मुद्दा पनि निकै छन्,' स्रेस्तेदार
लम्साल भन्छन्, 'यसले के देखाउँछ भनेहाम्रो समाजमा झैं-झगडा निकै
बढिरहेको
छ ।' यो वर्ष सर्वाेच्च अदालतमा मात्रै ४ हजार मुद्दा थपिए । सर्वाेच्चका
प्रवक्ता श्रीकान्त पौडेलका अनुसार अहिले ९ हजारबाट मुद्दा बढेर १३ हजार
पुगेको
छ । 'न्यायाधीशहरूको संख्या कम छन्, छिनोफानो कम छ, त्यसले पनि हो मुद्दा
बढेको' उनले भने, 'तल्ला अदालतमा मुद्दा बढेका छन्, त्यसको असर पनि यहाँ
पर्ने भइहाल्यो ।'
अदालतमा मुद्दाहरू बढ्नु समाजका लागि राम्रो संकेत नभएको मनोचिकित्सक
पुष्प शर्माको बुझाइ छ । 'मानिसहरू खुसी छैनन्, उनीहरूभित्र क्रोधको
मात्रा असाध्यै छ,' शर्मा भन्छन्, 'कुनै पनि समस्यालाई क्रूरतापूर्वक हल
गर्ने मनोवृत्ति समाजमा ह्वात्तै बढेको छ । यसैले पनि मुद्दाहरू बढेका
हुन् ।'
संविधानविद् डा. विपिन अधिकारीका विचारमा चाहिँ अपराध बढेकाले मात्रै
मुद्दा बढेका होइनन् । 'अपराध त समाजमा जहिल्यै भइरहेकै हो' उनी भन्छन्,
'अहिले देशमा शान्ति छ, माओवादीको जनअदालतले मुद्दाहरू रोक्न छाडेको छ,
त्यसैले पनि अदालतमा विवादहरूको छिनोफानो गर्ने क्रम बढेको हो । मुद्दा
बढ्नुका एउटा कारण विधिको शासनप्रतिको मानिसहरूको विश्वास पनि हो ।'

No comments:

Post a Comment