Sunday, February 24, 2013

बुटवलबाट डनलाई बढार्ने एमाले नेताको भाषण

युवासंघको अधिवेशनमा दुइपक्षवीच नाराबाजी
१३ फागुन, बुटवल । नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालको बुटवलमा
जारी अधिवेशनमा महेश बस्नेत पक्ष र निरज आचार्य पक्षवीच नाराबाजी
चर्किएपछि निर्वाचन मण्डलले बन्दशत्र वरिपरिको क्षेत्रलाई नाराबाजी गर्न
नपाइने निषेधित क्षेत्र घोषणा गरेको छ ।
अलग-अलग स्थानमा भेला भएका अध्यक्षका प्रत्याशी महेश बस्नेत र निरज
आचार्य पक्षले आइतबार बिहान चर्को नारावाजी गरेका हुन् । आचार्य पक्षले
'डन, गुन्डा बाईबाई, निरज आचार्य हाइहाई' भन्ने नारा लगाएका छन् भने
बस्नेत पक्षले 'महेश बस्नतेलाई जिताऔं, एमालेलाई बचाऔं ।' भन्ने नारा
उरालेका छन्।
अधिवेशनमा केपी ओलीनिकट मानिएका महेश बस्नेत र माधव नेपाल निकट झपट
रावलवीच सहकार्य भएको छ भने झलनाथ खनाल निकट निरज आचार्यले अलग्गै प्यान
खडा गरेको छ । अध्यक्ष पक्षका आचार्यलाई जिताउन युवा नेता गोकर्ण विष्ट,
यमलाल कँडेल, घनश्याम भुसाल, प्रकाश ज्वाला लगायतका नेताहरु खेलेर लागेका
छन् । केपी पक्षका नेता शंकर पोखरेल अध्यक्ष मण्डलमा छन् । युवा इञ्चार्ज
योगेश भट्टराई पनि कुनै पक्षमा खुलेका छैनन् ।
डन र गुण्डालाई बुटवलबाट बढार्नुपर्छ: ज्वाला
यसैवीच शनिबार साँझ सिर्द्धाथ कटेजमा अयोजित छुट्टै भेलामा आचार्य
पक्षलाई समर्थन गर्दै एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले
एमालेभित्रका डन र गुण्डालाई बढारिने बताउनुभएको छ । आचार्यपक्षको प्यान
घोषणाका लागि आयोजित सो अलग भेलामा गोकर्ण विष्ट, घनश्याम भुसाल, यमलाल
कँडेल र ठाकुर गैरे लगात्यतका केन्द्रीय नेताको सहभागिता थियो । सो
भेलामा नेता ज्वालाले भन्नुभयो- 'अब यो अधिवेशनले हप्ता उठाउनेहरु डनहरु
र समाज खत्तम पार्नेहरुलाई समाप्त पानुपर्छ । एमालेभित्रका डनहरु
पार्टीकालागिमात्रै होइन, देशकै लागि खतरा हुन् ।' नेता ज्वालाले
भन्नुभयो- ' महेस बस्नेत पनि डन हुन् । हप्ता उठाउने र गुण्डागर्दी गर्ने
डनहरु चाहिँदैन, यिनीहरुलाई अब बुटवलबाट बढार्नुपर्छ ।'
युवा संघको अधिवेशनमा आज केन्द्रीय नेतृत्व चयन गर्ने कार्यक्रम छ । युवा
नेताहरु डनको विरोध गर्दै आचार्यको पक्षमा लागे पनि महेस बस्नेत र झपट
रावलपक्षवीच सहकार्य भएकाले बस्नेतको प्यानल बलियो रहेको स्रोतले बतायो ।
आइतबार केन्द्रीय नेतृत्व चयन हुने भएको छ । केन्द्रमा उमेद्वारीका लागि
आ-आफ्ना गुटका नेताले शनिबार साँझ अलग-अलग भेला गरेका थिए । बस्नेत
पक्षले पनि रामनगरमा आफ्नो गुटको छुट्टै भेला गरेको थियो ।
एमाले युवा संघको अधिवेशनमा पर्शुराम बस्नेत, बाहुन डन लगायतका चर्चित
डनहरुको सहभागिता रहेको र उनीहरुलाई बस्नेत पक्षको संरक्षण रहेको छ ।
कतिपयले यसलाई डनहरुको सम्मेलन समेत भनेका छन् । बस्नेतले युवासंघलाई
रहरलाग्दो, भरलाग्दो र डरलाग्दो बनाउने उद्घोष गरेका छन् । आचार्य पक्षले
भने मुड्की नभएर विचारका आधारमा चल्ने युवा संघ बनाउनुपर्ने बताएका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete