क्वालालम्पुर । रोजगारीको लागि मलेसिया आएको दुई महिना पनि पुरा नहँुदै एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ । क्वालालम्पुरवाट करीव एक घण्टको दुरिमा रहेको रावाङको सेरेण्डामा अवस्थित तानचुन निसान कम्पनीमा कार्यरत रुकुम जिल्ला ढुली गाविसका २२ वर्षीय सुशील घर्ती मगरको सुतेकै अवस्थामा ज्यान गएको हो ।
सदाको दिनमा जस्तै नियमित काम काम गरेर सुतेका शुशिल विहान काम गर्न जाने वेला सम्म पनि नउठेपछि साथीहरुले उठाउन खोज्दा विस्तरामै ज्यान गइसकेको थियो । काठमाण्डौमा रहेको नासा ओभरसिज मार्फत करीव दुई महिना अगाडि मलेसिया आएका शुशिलको एक महिना अगाडि मात्रै मलेसियामा मेडिकल गरेर फिट भएपछि तीन हप्ता अगाडि मात्रै भिषा लागेको थियो ।
अविवाहित मृतक शुशिलको परिवारमा तीन दाजुभाई,वुवा आमा रहेको वुझिएको छ । मृतकको शवलाई पोष्टमाटम गरी नेपाल पठाईने तयारी भैरहेको छ ।
No comments:
Post a Comment