२८ साउन, काठमाण्डौं । विभिन्न १७ विद्यार्थी संगठनले आज देशभरका अंग्रेजीनाम र विदेशी लगानी भएका उच्च माध्यमिक विद्यालय र कलेजहरुबन्द गराएका छन ।
विदेशी नाम र लगानीमा सञ्चालन भएका कलेजहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरुले बन्द आहृवान गरेका हुन ।
विदेशी लगानी र नाम भएका कलेजमा विदेशी पाठ्यक्रम पढाई हुँदा देशको मौलिकता र राष्ट्रियतामा गम्भीर असर पुग्ने भएकाले बाध्य भएर शिक्षण संस्था बन्द गर्नुपरेको अनेरास्ववियूका अध्यक्ष माधव ढुङगेलले जानकारी दिनुभयो ।
विदेशी लगानी र नाम भएका उच्च माविमात्र बन्द भनिएपनि यसकोप्रभाव सबै उच्च माविमा परेको छ । उच्चमाध्यमिक विद्यालय सञ्चालक संघ हिसानका अनुसार देशभरका ७ सय ५० निजी उच्च माध्यमिक विद्यालयका ९९ प्रतिशत अंग्रेजी नामबाटै सञ्चालनमा छन । शिक्षा मन्त्रालयले एक हप्ता अघि विदेशी नामका कलेजहरुलाई ६ महिनाभित्र नामपरिवर्तन गरी स्वदेशी नाम राख्न निर्देशन दिएको थियो ।
चरणबद्ध रुपमा एकपछि अर्को गर्दै बन्द भएका कारण विद्यार्थी र अभिभावक मर्कामा परेका छन् ।
No comments:
Post a Comment