चितवन, असार २१- चितवनको मुग्लिन बजारमा रहेका होटलहरुमा आज वाणिज्य विभागले छापा मारेको छ। वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीको नेतत्वमा १३ सदस्य सम्मिलित टोलीले मुग्लिनमा छापा मारेको हो।
सो क्रममा दर्ता नै नगरी होटल सञ्चालन गरेको पाइएपछि दुई वटा होटल बन्द गराएको निर्देशक बिडारीले जानकारी दिए।
बन्द गरिएको होटललाई घरेलु कार्यालयमा दर्ता गरी सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ। उनीहरुसँगै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको टोली पनि सहभागी थियो।
अनुगमनका क्रममा केही होटलमा फोहर भेटिएको र खानेकुरा बासी फेला परेकाले व्यवसायीकै रोहबरमानष्ट गरी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउन निर्देशन दिएको टोलीले जनाएको छ।
केही होटलका खानेकुराका नमुना परीक्षणका लागि सङ्कलन गरिएको उनले जानकारी दिए। रासस
No comments:
Post a Comment