विनोद ढकाल- काभ्रेकी सुन्तली लामा वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा छिन्। उच्च शिक्षामासफल हुन नसकेपछि वैदेशिक रोजगारीमा आकर्षित भएकी उनी घरेलु कामदारका लागि कतार जाने तयारीमा पुगेकी हुन्। आवश्यक कागजात बुझाउन र श्रम स्वीकृतिका लागि उनी वैदेशिकरोजगार विभागमा पुगेकी थिइन्। 'अब यहाँ बसेर पनि के गर्नु? कतारमा भए पैसा कमाइन्छ, त्यसैले जान लागेकी हुँ,' लामा भन्छिन्, 'पहिलो पटक जान लागेकी हुँ। काम कस्तो हुन्छ भन्ने चाहिँ थाहा छैन।' उनी धेरै खुलेर कुरा गर्न चाहिरहेकी थिइनन्। व्यक्तिगत भिसामा जान लागेकीलामाका मामा पर्ने एकजना कतारमा छन्। उनैमार्फत आएको भिसामा जान लागेकी हुन् उनी। दिनहुँ लामाजस्ता सयभन्दा बढी महिला विभागभित्र चक्कर लगाइरहेका हुन्छन्। कोही भित्र र कोही बाहिर वैदेशिक रोजगारीका आवश्यक कामहरूको प्रक्रिया व्यस्त देखिन्छन्।
नुवाकोटकी सविना केसी कुवेत जाने तयारीमा छिन्। एक वर्षअघि विवाह गरेका श्रीमान् दुबईमा छन्। घरमा आर्थिक अवस्था अझ मजबुत बनाउन उनी कुवेतमा घरेलु कामदार भएर काम गर्न जान लागेकी हुन्। 'गाउँका केही साथी कुवेतमा पैसा कमाइरहेकाछन्। म पनि कमाउनकै लागि जान लागेकी हुँ,' उनी भन्छिन्, 'आर्थिक समस्या नहोस् र भविष्य सुरक्षित होस् भनेर नै जान लागेकी हुँ।' वैदेशिक रोजगारीका क्रममा महिला कामदार बढी जोखिममा परेका खबरहरू सार्वजनिक भइरहँदा पनि केसीजस्ता हजारौँ महिला धन कमाउने सपनामा म्यानपावर कम्पनी हुँदै विभाग प्रांगणमा कागजी काममा व्यस्त हुने गरेका छन्। सबैका आ-आफ्ना बाध्यता, सपना रमहŒवाकांक्षा छन्। तर, समस्या पर्दा के गर्ने भन्ने प्रश्नको जवाफ कसैसँग छैन।
'पुरुषले गएर काम गर्नसक्ने हामी चाहिँ नसक्ने भन्ने हुँदैन,' सिन्धुलीकी हरिमाया कटुवाल भन्छिन्, 'आर्थिक समस्या परेपछि थोरै लगानी गरेर विदेशिनुबाहेक हामीसँग विकल्प छैन। छोराछोरी छाडेर उनीहरूको भविष्यका लागि तीन वर्ष भए पनि मेहनत गरेर पैसा कमाउने आशामा लेबनान जान लागेकी हुँ।'
धेरै महिला अहिले विदेशमा पैसो टिप्नै पाइन्छ भन्ने सपना बुनेर मुलुक छाडिरहेका छन्। पछिल्ला वर्षहरूमा यसरीवैदेशिक रोजगारीका लागि महिलाहरूको संख्या बढेको तथ्यांकले पनि देखाउँछ। आर्थिक वर्ष ०६८/०६९ को जेठ मसान्तसम्म तीन लाख ४९ हजार नौ सय ३३ जनामध्ये २० हजार नौ सय ७१ जना महिला वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर मुलुकबाट पलायन भएका छन्। वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कुल संख्याको छ प्रतिशत महिलाको संख्या पुगेको छ। यो गत वर्षको तुलनामा झन्डै तीन प्रतिशतको वृद्धि हो। 'झन्डै दोब्बर हुँदै महिलाहरू वैदेशिक रोजगारीमा जाने संख्या बढिरहेको हामीले पाएका छौँ। र, धेरै श्रममा समस्या परेर उजुरी पनि महिलाको नै आउने गरेका छन्,' वैदेशिक रोजगार विभागका निर्देशक काशीराज दाहाल भन्छन्, 'यतिसम्म कि वैदेशिक रोजगारीको बारेमा राम्रोसँग ज्ञान नभएका महिलाहरू पनि जाने क्रम बढेको छ। यसका कारण उनीहरू समस्यामा पर्ने गरेकाछन्।' निम्न मध्यमवर्गीय परिवारका महिला यसरी वैदेशिकरोजगारीमा गइरहेका छन्। पछिल्ला वर्षमा खाडी राष्ट्रतथा मलेसिया र इजरायलमा महिलाको आकर्षण बढेको पाइन्छ। विभागको तथ्यांक अनुसार हालसम्म नेपाली महिलाकामदार कुवेतमा २१ हजारभन्दाबढी छन्। लेबनानमा नौ हजार छ सय ७८, युएईमा नौ हजार ४६, कतारमा दुई हजार एक सय ४, बहराइनमा एक हजार आठ सय २३, ओमानमा एक हजार दुई सय सात तथा साउदी अरबमा सात सय ११ जना महिला रोजगारीका लागि पुगेकाछन्। मलेसियामा तीन हजार छ सय नौ जना पुगेका छन्। त्यस्तै, इजरायलमा तीन हजार दुई सय ९७ जना रोजगारीका लागि पुगेका छन्।
'दलालमार्फत भारत तथा विभिन्न बाटो भएर जाने महिलाहरूको संख्या पनि उल्लेख्य छ। त्यस्तो रेकर्ड हामीले पाउन मुस्किल छ तर श्रमको विषयमा पीडित भएपछि विभागमा दिएको उजुरीलाई यसकोआधार मान्न सकिन्छ,' निर्देशक दाहाल भन्छन्, 'श्रम स्वीकृति नलिई पुगेका कारण उनीहरू समस्यामा परेका हुन्। अर्को चाहिँ घरेलु कामदारमा मात्र महिलाहरू बढी जाने भएकाले घरभित्र उनीहरू कति सुरक्षितहुन्छन् भन्ने यकिन गर्न मुस्किल पर्छ। यद्यपि, हामीले यसबारेमा विभिन्न चरणमा छलफल र रोजगारदाता कम्पनीसँग सहकार्य गर्ने वातावरण बनाइरहेका छौँ।' भनेजस्तो काम नपाएको तथा हिंसामा परेका उजुरीहरू युएईबाट बढी आउने गरेका छन्। अन्य मुलुकबाट पनि सामान्यतया उजुरी आउने गरेकाछन्। तर, घरेलु कामदार भएका कारण पीडित भएर पनि कतिपय महिला सरकारी संयन्त्रसम्म पुग्न सकिरहेका छैनन्। यसका लागि विभागले नयाँ कार्यविधिलागु गर्ने तयारी थालेको छ, जसको प्रस्ताव श्रम मन्त्रालयमा पठाइएको छ।
प्रस्तावमा घरेलु कामदारमा लैजाने मानिस अथवा कम्पनीले अब दूतावाससँग नियमित सम्पर्क गराउने, परिवारसँग कुराकानीको व्यवस्था मिलाउने तथा कामदारका लागि छुट्टै आवास र शौचालयको प्रबन्ध हुनुपर्ने विषय उल्लेख छ। निर्देशक दाहाल थप्छन्, 'यसका लागि एक कार्यविधि बनाएर मन्त्रालय पनि पठाइएको छ। त्यसो हुँदा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दा उनीहरूको सुरक्षा र रोजगारीको व्यवस्थाका बारेमा सम्बन्धित मुलुक जानकार हुनसक्छ।' उनका अनुसार भर्खर १८ वर्ष पुगेका र २५ वर्ष नकटेका महिलाहरू वैदेशिक रोजगारीका लागि बढी जाने गरेका छन्। उनीहरू कसैको भनाइ वा देखासिकीका आधारमा जाने गरेका छन्। 'कति सुरक्षित छन् भन्ने विषयमा कुनै पनि जानकारी छैन,' निर्देशक दाहाल भन्छन्, 'उमेरमा परिपक्व नभएका महिला जाने क्रम बढेको हुँदा त्यसबारेमा हामीले तालिम सुरु गरेका छौँ। वैदेशिक रोजगारीका क्रममा घरेलु कामदारका रूपमा जान लागिरहेका महिलाका लागि २१ दिनको तालिमको व्यवस्था गरेका छौँ।'
उषाको निसाफ युद्ध
'नेपाल फर्कन आतुर छु। तर, यहाँकाम गरेको रकम नलिई कसरी फर्कनु?' कतारको दोहास्थित नेपाली दूतावासमा आश्रय लिएकी धरान-५ की उषा लिम्बूले फोनमार्फत गुनासो पोखिन्, 'विमाको पैसाका लागि कम्पनीविरुद्ध मुद्दा हालेकी छु। अनि यहाँको श्रम अदालतमा पनि मुद्दा दिएकी छु।' लिम्बू नौ महिनाअघि कतार पुगेकी थिइन्।
दोहास्थित सनैयाँ ४६ नम्बरमारहेको कम्पनीमा काम थालेको तीन दिन पुग्दा नपुग्दै उनी सवारी दुर्घटनामा घाइते भइन्। गम्भीर चोट लागेपछि एक हप्ताभन्दा बढी अस्पताल बसेकी थिइन् लिम्बू। 'यहाँ बसेर पैसा कमाउँला भन्ने कत्रो सपना थियो,' उनले भनिन्, 'तर, दुर्घटनामा परेर खुट्टामा गम्भीर चोट लाग्यो।उल्टै पैसा खर्चमात्र भयो।' आठ दिनसम्म दोहास्थित हमाद अस्पतालमा उपचार गरेर सकी नसकी कम्पनीमा काम गरेकी लिम्बूले उपचार खर्च त परै जाओस्, कम्पनीबाट नियमित तलब पनि पाएकी छैनन्। 'एक त उपचारमा पैसा सकियो, अर्कातिर छ महिनाको तलब पाउन बाँकी छ।' तलब नपाए पनि कम्पनीको आवास सुविधा पाउँदैआएकी थिइन्। आफू समस्यामा परेको भन्दै कम्पनीसँग हारगुहार गर्दा पनि उनले तलब पाइनन्। बरु, कम्पनीले बस्न दिएको सुविधा पनि खोस्यो। उनलाई कम्पनीको क्याम्पबाटै निष्कासन गरिदियो। 'छ महिनाको तलब लिन बाँकी छ। काम गरेको पैसा लिनका लागि पनि समस्या पर्यो। सबै विषयमा दूतावासमा जानकारी गराएकी छु,' उनी भन्छिन्, 'दश हजार रियाल खर्च गरेर मैले उपचार गरेको छु। यहाँको श्रम अदालतले पनि कम्पनीले ४० हजार रियाल दिनुपर्ने दाबी गरेको छ। तर, अहिलेसम्म केही पाएको छैन।' उनले अहिले विमाको रकम दाबी गर्दै दोहास्थित उच्च न्यायालयमा कम्पनीलाई विपक्षी बनाएर मुद्दा चलाएकी छन्। 'दूतावास, श्रम अदालत मेरो पक्षमा छन्। तर कम्पनीसँग मुद्दा हारे त म बर्बादै हुन्छु,' भावुक हुँदै उनले भनिन्, 'धेरै सपना बोकेर कतार आएकी थिएँ, तर सबै भत्किए।'
श्रीमान् थमबहादुर राई पनि कतारमा नै कार्यरत भएका कारण उनको उपचार खर्चका लागि समस्या भएन। तर, श्रीमान्ले कमाएको पैसाले परिवार खर्च चलाउनु कि ऋण तिर्नेु? भन्छिन्, 'विमाबापतको रकम पाइनँ भने त हामी जोइपोई नै डुबछौँ।' दुर्घटनापछि हिँड्नसमस्या झेलिरहेकी लिम्बू यसअघि पनि वैदेशिक रोजगारीकोसिलसिलामा साउदी अरबमा सात महिना बसेकी थिइन्। साउदी अरबमा पनि तलबको समस्या र कम्पनीको दुर्व्यवहारका कारण उनी नेपाल फर्कन बाध्य भएकी थिइन्। नेपाल फर्कनासाथश्रीमान् थमबहादुरसँग सल्लाह गरेर कतार पुगेकी उषा न्यायका लागि लडिरहेकी छिन्।'श्रम अदालतको दाबीसमेत भएका कारणले उषाको मुद्दा सफल हुनसक्ने अनुमान गरिएको छ। तर, यहाँको कम्पनीको पक्षमा फैसला भयो भने उषालाई समस्या हुनसक्छ।' कतारस्थित सञ्चारकर्मी प्रेम लामा भन्छन्, 'यहाँ महिलाको समस्या यसरी नै बढिरहेको छ।'
अहिले पनि दूतावासको शरणमा विभिन्न ठाउँका महिलाहरू समस्याको चाङ लिएर बसेका छन्। दूतावासले समस्याबारे बुझ्ने र नेपाल फर्कन चाहनेलाई व्यवस्था मिलाइरहेको भए पनि भर्खरै राजदूतको जिम्मेवारी पाएर कतार पुगेकी डा. मायाकुमारी शर्मालाई भने चुनौतीजस्तै भएको छ। 'महिला राजदूत आएपछि महिलाका समस्या झन् धेरै देखिन थालेका कारण उनका चुनौती बढेका छन्,'
No comments:
Post a Comment