Thursday, July 5, 2012

फेसबुकमा जानकारी दिएर आत्महत्या

काठमाडौं, असार २१ - रोजगारका लागि जापान बस्दै आएका एक नेपालीले फेसबुकमा जानकारी गराएर आत्महत्या गरेका छन् ।
बागलुङ, गल्कोटका ३८ वर्षीय ललित साहनीले बिहीबार बिहान ५ बजे शौचालयमा पासो लगाएर आत्मत्या गरेका हुन् । जापानको स्थायी बसोबास भिषा पाएका साहनी श्रीमतीसहित साइतामाकेनमा बस्दै आएका थिए ।
साहनीले बिहीबार बिहान 'यो मेरो अन्तिम तस्बिर हुनेछ' भन्दै फेसबुकमा पोस्ट गरेका थिए । जापानकोनेपाली अनलाइन समुद्रपारि डटकमका अनुसार साहनी कुक भिसामा सन् २००० जुलाईमा जापान गएका थिए ।
साहनी दम्पत्तिकी चार वर्षीया छोरी नेपालमै छिन् ।

No comments:

Post a Comment