- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै संक्रमणकाल अन्त्य गर्ने सहमति भएको छ । आज सिंहदरबारमा भएको भेटघाटमा दुई नेताबीच त्यस्तो सहमति भएको हो।
दाहालले प्याकेजमा सहमति गरेर जाने प्रस्ताव नेपाललाई गरेका थिए । 'प्रचण्डजीले प्याकेजमा सहमति गरेर जाउँ भन्नुभयो। मैले हुँदैन त्यसरी सहमति जुटन सक्दैन, प्रक्रिया र विषयलाई टुंगो लगाउन कार्यतालिका बनाएर जाउँ भनेँ । त्यसमा सहमति भएको छ । छिट्टै बसेर टुंग्याउने भनेका छौँ,नेपालले नागरिकन्युजकर्मीसँग भने।
'संक्रमणकाल जति लम्ब्यायो त्यसले मुलुकलाई नोक्सानीमा पुर्याउने भएकाले सहमतिमा जानुको विकल्प नभएको प्रस्ताव राखेको नेपालले बताए । 'सत्तामा टाँसिने काम मात्रै नगर्नुस्। हामीले ढिला गर्यौँ भने त्यसले मुलुकलाई ठूलो नोक्सानी पुर्याउँछ भनेँ, नेपालले भने।
No comments:
Post a Comment