(२०६९ आषाढ १७, आइतवार)
१७ असार, काठमाण्डौं । राजनैतिक दलहरुले �साझा आर्थिक एजेण्डा�मा सहमति जुटाएर हरेक बर्ष ३ लाखरोजगारीको अवसर सृजना गर्ने निजी क्षेत्रले प्रस्ताव गरेको छ । राजनीतिक रुपमा हुने जबर्जस्ती चन्दा असुली, असुरक्षा, बन्द, हड्ताल, मजदुरमाथी राजनीतिकरण बन्द भए उर्जा, कृषि पर्यटन र खानीमा ठूलो लगानी भित्रने नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले जानकारी दिनुभएको खब आजको कारोबार दैनिकले छापेको छ ।
अर्थमन्त्री बर्षमान पुनले पनि आर्थिक क्षेत्रमा राजनैतिक छायाँ पर्न नदिन भन्दै दलहरुबीच साझा सहमति कायम गर्न छलफल गरिरहनुभएको छ । यसका लागि निजी क्षेत्रबाट एजेण्डा दिन नेपाल उद्योग बाणिज्य महासंघलाई जिम्मा दिईएको छ । न्युनतम साझा एजेन्डालाई बजेटमार्फत नै घोषणा गर्ने तयारी अर्थमन्त्रालयले गरेको छ । यसका लागि सवै दलका तर्फबाट सहमति हुनुपर्ने आवश्यकता रहेको छ ।
दलहरुबीच सहमति भए एक बर्षदेखि १७ महिना भित्रमासहमतिको उपलब्धी देखिने महासंघका अध्यक्ष बैद्यले जानकारी दिनुभएको छ । �सहमतिलाई १० बर्षसम्म अक्षरस पालना गरे ३५ लाख रोजगारको सृजना हुन्छ,� बैद्यले भन्नुभयो( �जलविद्युत, कृषि र पर्यटनको विकासबाट आमूल परिवर्तन सम्भव छ ।�
No comments:
Post a Comment