काठमाडौँ, असार १३ (नागरिक)- विभिन्न राजनैतिक कालखण्डका सहिद परिवार र सहिद सम्बन्धी विभिन्न संघसंस्थाले राष्ट्रपति रामवरण यादवलाई भेटी खबरदारी पत्र बुझाउने भएका छन्।
सहिदसम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदन र वर्तमान राजनीतिक गतिरोध बारे बिहीबार साढे १ बजे खबरदारी पत्र बुझाउन लागेको सहिद प्रकृति स्मृति केन्द्रका अध्यक्ष जेबी धौलाकोटीले बताए।
केन्द्रले आफूहरुलाई दया माया नभई, 'सहिदको रगत र पसिनाको उच्च सम्मान चाहिने' माग राख्दै आएको छ।
No comments:
Post a Comment