Tuesday, February 12, 2013

प्रचण्डले चित्रबहादुरलाई सोधे-तपाईलाई गुलेली चलाउन आउँछ

१ फागुन, काठमाडौं । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसका
अवसरमा मंगलबार खुल्लामञ्चमा भाषण गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका
अध्यक्ष चित्रबहादुर केसीतर्फ लक्षित गर्दै उहाँलाई गुलेली चलाउन आउँछ कि
आउँदैन भन्ने प्रश्न गर्नुभयो । आफूहरु हेलिकोप्टर कब्जा गरेर यहाँसम्म
आएको भन्दै उहाँले चित्रबहादुर केसी जहाँको त्यहीँ रहेको बताउनुभयो ।
'हामीले ०४८ सालको महाधिवेशनपछि जनयुद्ध शुरु गर्ने भन्दा कतिपयले ठट्टा
गरेका भन्थे । एकजना बूढो नेता हुनुहुन्छ, उहाँ एक जमानामा हाम्रो पनि
नेताहुनुहुन्थ्यो, उहाँले गुलेली चलाउन नजान्नेले जनयुद्ध गर्ने रे भनेर
हलल्ल मान्छे हँसाएको म अहिले पनि सुम्झन्छु ।' प्रचण्डले प्रश्न
गर्नुभयो- 'उहाँहरु अहिले कहाँ छन् ? उनीहरुले अहिलेसम्म गुलेली चलाउन
जानेका छन् कि छैनन् ? हामीले मेसिनगन चलायौं, हेलीकोप्टर कब्जा गरेर
यहाँसम्म आयौं, वहाँहरु अहिले पनि जहाँको त्यहीँ हुनुनुन्छ ।'
अहिले आफूहरुले उत्पादनको कुरा गर्दा विपक्षीले यसैगरी नपत्याएर ठट्टा
सम्भिmरहेको बताउनुभयो । एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरु सुधारवादी
नभएर गुणात्मक फड्कोमा विश्वास गर्ने 'वैज्ञानिक' भएको बताउनुभयो। क्रमिक
विकास र सुधारमा विश्वास गरेको भए आफूहरु अहिलेसम्म मोहनविक्रम सिंह र
आरसीपी अमेरिकाकै पछिपछि लागिरहेको अवस्थामा हुने बताउनुभयो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete