Monday, February 4, 2013

सडकबाटै सरकार ढाल्ने विपक्षीको उद्घोष

२२ माघ, काठमाडौं । विपक्षी दलका शीर्ष नेताहरुले जारी सडक आन्दोलनबाटै
सरकार ढाल्ने दोहोर्याएका छन् । सरकार बिरुद्ध थालिएको चरणबद्ध आन्दोलन
अन्तर्गत सोमबार पोखरामा भएको जनसभामा विपक्षी दलका नेताहरुले सहमतिको
बाधक एकीकृत माओवादी र वर्तमान सरकार भएको दावी गरे । यसअघि बिभिन्न
ठाउँमा भएको सभामा जस्तै उनीहरुले डा. बाबुराम भट्टराई नेतृत्वको
सरकारलाई आन्दोलनको बलबाटै ढलाउने दावी गरेका हुन् ।
पोखराको चिप्लेढुंगामा भएको जनसभालाई सम्बोधन गर्दै एमाले बरिष्ठ नेता
माधवकुमार नेपालले एकीकृत माओवादीलाई आन्दोलनबाटै सुधार्ने बताउनुभयो ।
'यदि सुधि्रएन भने उसको हालत पनिज्ञानेन्द्रको जस्तै हुनेछ' नेपालले
भन्नुभयो । एकीकृत माओवादीले अरु दलहरुलाई भिडाएर आफूले फाइदा लुट्ने
गरेको उहाँले आरोप लगाउनुभयो । 'अहिलेसम्म माओवादीले अरु दललाई
झुक्याउँदै आयो, अब कोही झुक्किनेवाला छैन' नेपालले भन्नुभयो ।
जनसभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एकीकृत
माओवादी सहमतिमा आउन नचाहेकाले अब सडकबाटै निकास निस्कने दावी गर्नुभयो ।
एकीकृत माओवादी सामन्तवादको पृष्ठपोषक र सर्वसत्तावादी भएको उहाँको आरोप
थियो । 'अहिलेको सरकारको नेतृत्वमा सहमतीय सरकार गठन हुन सक्दैन' पौडेलले
भन्नुभयो-' चुनावको लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने भएकाले
त्यसको लागि यो सरकार जसरी पनि ढल्नैपर्छ ।'
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले कामचलाउ
सरकार मार्फत नै एकीकृत माओवादीले सत्ता कब्जा गर्न लागेको आरोप
लगाउनुभयो । सहमतिको बाधक अहिलेको सरकार भएकाले सडक आन्दोलनबाटै एकीकृत
माओवादीलाई सुधार्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
चिप्लेढुंगामा सभाअघि पोखराको टुँडिखेल, मुस्ताङचोक, बुद्धचोक र
जिरोकिलोमिटरबाट र्याली नकालिएको थियो । २०६२/०६३ को जनआन्दोलनबाट
प्राप्त उपलब्धिको रक्षा, विदेशी हस्तक्षेपको अन्त्य, संविधान, कानुन र
विधिको शासनलाई कायम गर्दै लोकतन्त्रको संस्थागत विकास, स्वतन्त्र
पत्रकारिताको ग्वारेन्टी, एकीकृत माओवादी नेतृत्वको सर्वसत्तावादी र
निरकुंशताको अन्त्यका लागि आन्दोलन गर्नुको विकल्प नभएको विपक्षी दलहरुले
बताउँदै आएका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete