Thursday, July 18, 2013

कर्मचारीको आचरण सुधार्न ८० करोडको तालिम

३ असार, काठमाण्डौं । निजामती कर्मचारीमा कामचोर र भ्रष्ट चरित्र एवं
संस्कारको विकास भएको भन्दै त्यसमा सुधार गर्न सरकारले 'आचरण सुधार'
सम्बन्धी विशेष तालिम दिने भएको छ । सेवाग्राहीलाई सेवा दिँदासमेत
कर्मचारीले असल आचरण देखाउन नसकेको सरकारको ठहर छ ।
तालिमले सेवाग्राहीलाई सेवा दिँदा गर्नुपर्ने असल व्यवहारबारे
कर्मचारीलाई सचेत पार्ने र राम्रो व्यवहार देखाउन प्रेरित गर्न सहयोग
पुग्ने सामान्य प्रशासन मन्त्रालयका सचिव दुर्गानिधि शर्माले बताए ।
कार्यालय सहयोगीदेखिउपसचिवसम्मका झन्डै ५० हजार कर्मचारीलाई तालिम दिने
सरकारी तयारी छ । तीन वर्ष लगाएर ५० हजारलाई दिइने सो तामिमा झन्डै ८०
करोड खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको नयाँ पत्रिकामा खबर छ।
हाल निजामती कर्मचारीको संख्या झन्डै ८२ हजार छ । सबैका लागि तालिम
कार्यक्रमअन्तर्गत सामान्य प्रशासन मन्त्रालयको चाँजोपाजोमा कर्मचारीलाई
जिल्ला, क्षेत्र तथा केन्द्रमा नै यस्तो तालिम दिन लागिएको हो । तालिमले
कर्मचारीको आचरण सुधार्नुका साथै दक्षतासमेत वृद्धि गर्ने सचिव शर्माले
बताए ।

No comments:

Post a Comment