Thursday, July 18, 2013

रोमिङ दुरुपयोग गरी करोडौं ठगी

३ असार, काठमाण्डौं । पाकिस्तानी गिरोहले नेपालको कल रोमिङ दुरुपयोग गरी
यहाँका दूरसञ्चार सेवा कम्पनीहरुलाई करोडौं घाटा पुर्याएका छन् ।
गिरोहले बेलायतको भोडा फोन र स्पेनी सिमकार्डबाट करोडौं नेपाली रुपैयाँ
ठगी गरिरहेको पत्ता लागेको हो । त्यसरी रोमिङबाट कल ठगी गर्ने दुई
पाकिस्तानी नागरिक ४९ बर्षका मोहम्मद आसिफ र ४३ बर्षका विर उर रहमानलाई
नेपाल प्रहरीको विशेष व्युरोले पक्राउ गरेको छ । पक्राउ परेकाहरुले कल
रोमिङ गरिएका २० भन्दा बढी सिमबाट फोन गरेर एक सातामा झन्डै २ करोड
रुपैयाँ बराबर ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस्तो
गठीलाई 'इन्टरनेसनल, रेभेन्यु सेयरिङ फ्रड' (आइआरएसएफ) भनिन्छ । यस्ता
गिरोहले कल रोमिङ भएका सिमकार्ड नेपालमा ल्याएर यहाँबाट टाढाका देशहरुमा
फोन गर्छन् । नेपाल टेलिकम र एनसेल कम्पनीका इन्टरनेसनल गेटवेमार्फत फोन
गरेपछि नेपाललाई घाटा लाग्नेकान्तिपुरदैनिकमा खबर छ । सट्टामा गिराहका
व्यक्तिहरुले फोन गरेको देशका कल सेन्टरहरुलाई फाइदा हुने काठमाण्डौं
प्रहरी प्रमुख एसएसपी सुवोध घिमिरेले बताए ।
नेपालबाट कहिल्यै फोन नगएका देशमा एकै रात घन्टौं कुरा भएपछि सेवा
प्रदायक कम्पनी पनि चकित भएका थिए । 'एकै रातमा १/२ लाख रुपैयाँ भन्दा
बढीकोफोन हुन थालेपछि एनसेल र एनटीसीले ती सिमकाड बन्द गरिदिएका रहेछन्,'
घिमिरेले भने, 'यी दुई व्यक्ति पक्राउ परेपछि रोमिङ कलबाट ठगी हुने गरेको
खुलासा भयो ।'

No comments:

Post a Comment