Friday, June 7, 2013

पूर्व सभासद् सदरुलको हत्या छोरी र उनकै प्रेमीबाट

२४ जेठ, काठमाण्डौं । विघटित संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्यारा
पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष
टोलीले बिहीबार दिउँसो सप्तरीको ग्रामीण इलाकाबाट उनका हत्यारालाई पक्राउ
गरेको हो । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक
(डीआईजी) परशुराम खत्रीले दिएको जानकारीअनुसार पूर्वसभासद् मियाँको
हत्यामा संलग्न भएकाकारण लहान–५ निवासी मौलवी भन्ने जमिर उल र मियाकै
छोरीलाई पक्राउ गरिएको हो ।
अभियुक्तहरू प्रेमिप्रेमिका रहेको र विगतमा माग्न जाँदा दाइजोमा कुरा
नमिलेकै कारण योजना बनाई हत्या गरिएको अनुसन्धानमा संलग्न एक अधिकारीले
बताए । उनका अनुसार छोरीले नै प्रेमीसँग मिलेर बाबुको हत्या योजना बनाएकी
थिइन् । 'माग्न जाँदा नदिएको र दाइजोको पनि कुरा नमिलेपछि प्रेममा बाधक
बनेकोठानेर दुवैले मिली पूर्वसभासद् मियाँको हत्या गरिएको प्रारम्भिक
अवस्था देखिएको छ,' ती अधिकारीले भने, राजधानी दैनिकमा खबर छ।
हत्यामा संलग्न अन्य व्यक्तिसमेत पक्राउको नजिक पुगिसकेको प्रहरीले
बताएको छ। काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हुनाले विस्तृत
विवरण सार्वजनिक गर्न प्रहरीलाई अप्ठ्यारो परेको बताइन्छ । दुई अभियुक्त
पक्राउ परे पनि हत्यामा सहयोग गर्ने अन्य आरोपी सीमावर्ती क्षेत्र भारतमा
भएकाले पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ । ५२ वर्षीय पूर्वसभासद्
हकको गत ७ जेठमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । यसअघि
प्रहरीले उनको हत्या लुटपाटको मात्रै उद्देश्यले नभएर राजनीतिक कारण
रहेको आशंका गरेको थियो । तर, छोरी नै हत्यामा संलग्न भएको पाइएपछि सो
कारण केही नरहेको निष्कर्षमा प्रहरी पुगेको छ ।
'प्रारम्भिक बयानमा विवाहको बाधक ठानेको पाइएको छ, पक्राउ परेका
व्यक्तिको अवस्था हेर्दा र उनले भनेका मानिसहरू पक्राउ परेपछि मात्र
यकिनका साथ भन्न सकिनेछ,' अनुसन्धानमा संलग्न अर्का अधिकारीले भने ।
बिहीबार साँझसम्म सप्तरी जिल्ला प्रहरी कार्यालयको टोली तथा केन्द्रीय
अनुसन्धान ब्युरोको टोली भारतमै अन्य अभियुक्तहरूको खोजी गरिरहेको भए पनि
उल्लेख्य प्रगतिको खबर नआएकोप्रहरीले जनाएको छ । लहान–५ स्थित घरबाटै
जमिर उल र उनकी पे्रमिका रहेका मियाँकी छोरीपक्राउ परेलगत्तै पूर्वाञ्चल
क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख खत्री घटनास्थल पुगेका थिए ।
हत्यारा पक्राउ परेपछि सप्तरी नै पुगेका डीआईजी खत्रीले अन्य सम्बन्धित
व्यक्ति पक्राउ नपरेसम्म कानुनी अप्ठ्यारो पर्ने भन्दै पक्राउबारे कसैलाई
पनिनबोल्न निर्देशनसमेत दिएका थिए । तर, अनुसन्धानमा केही प्रगति भएकाले
शुक्रबार अभियुक्त सार्वजनिक गर्ने प्रहरीको योजना छ । प्रहरीले
पूर्वसभासद् हकले प्रयोग गर्ने मोबाइलसमेत बरामद गरिसकेको छ । सोही
मोबाइलका आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरी सफल भएको
हो । पूर्वसभासद् हकको शव ७ जेठको बिहानै सप्तरीको कल्याणपुर–२ स्थित
हुमा पेट्रोल पम्पभित्र रहेको कोठामा फेलापरेको थियो । सो पम्प
पूर्वसभासद् हककै नाममा छ । कल्याणपुरकै रामेश्वर साहकी छोरीको बिहेमा
स२प ८५८३ नम्बरको मोटरसाइकल चढेर सहभागी हुन अघिल्लो साँझ घरबाट
निस्किएका हक भोलिपल्टसम्म नफर्किएपछि चिन्तित बनेका परिवारजनले खोजतलास
गर्दा शव फेला परेको थियो ।
विवाहस्थलबाट राति २ बजे नै घर हिँडेको थाहा पाएपछि पिछा गरी हत्या
गरिएको पक्राउ परेका अभियुक्तले प्रहरीलाई दिएको प्रारम्भिक बयानबाट
खुलेको छ । उनको घाँटी रेटिनुका साथै शरीरको आधा दर्जन भागमा धारिलो
हतियारलेआक्रमण गरिएको पाइएको थियो । पक्राउ परेका अभियुक्त जमिर उलले
आफ्नो अपराध स्वीकार गरेको अनुसन्धानमा संलग्न एकअधिकृतले बताए ।
प्रारम्भिक बयानअनुसार उनले प्रेममा बाधक बनेको र मागेजति दाइजो नदिएकै
कारण हत्या गरिएको बताएका छन् । पूर्वसभासद् हक पेट्रोलियम व्यवसायका
साथै काठ तथा इँटा व्यवसायमा समेत संलग्न थिए । २०६४ सालमा भएको
संविधानसभाको निर्वाचनमा उनी सप्तरी–५ बाट स्वतन्त्र रूपमा उम्मेदवारी
दिँदै १० हजार ५ सय ३ मत ल्याई निर्वाचित भएका थिए
http://www.onlinekhabar.com/2013/06/79521/

No comments:

Post a Comment