Wednesday, June 5, 2013

बस तीनसय मिटर तल खस्यो, छ जनाको मृत्यु

दैलेख- राकमकर्णालीदेखि सुर्खेत आउँदै गरेको बस दुर्घटना हुँदै ६ जनाको
मृत्यु भएको छ। कम्तिमा पनि तीन दर्जन घाइते भएको स्थानीय अर्जुन माजीले
बताए। उनले मृतक अझै बढ्नसक्ने बताए।
कृर्णाली राजमार्गअन्तर्गत दैलेखको नेपा-८ चियालमा ना३ख ४७३८ नम्बरको
मध्यपश्चिम यातायातको बस दुर्घटना भएको हो। बस तीन सय मिटर तल खसेको छ।
घाइतेहरुको उद्धार स्थानीयले जारी राखेका छन्।
उद्धारका लागि पाल्ताडा प्रहरी पोष्ट र डल्लु इलाका प्रहरी कार्यालयका
प्रहरीहरु घटनास्थलतर्फ गएका छन्।

No comments:

Post a Comment