Sunday, June 30, 2013

तीर्थधामले यात्रुलाई सिकाएको पाठ

नयाँदिल्ली, असार १६ - काठमाडौंस्थित अन्तर्राष्ट्रिय रेडक्रस कार्यालयमा
काम गर्नेकृष्ण चालिसेले बद्री-केदार यात्रामा आएर सम्पर्कहीन बनिरहेका
आफ्ना ७२ वर्षीय पिता कृतिनाथ र माता जमुनालाई उत्तराखण्डका हरेक सम्पर्क
केन्द्रमा पुगेर पुछताछ गर्न थालेको एक साता पूरा भएको छ ।
'बद्री-केदारमा बाढीपहिरोको बिपत्ति सुरु भएकै हिसाबले १३ दिन भएको छ तर
मेरा पिता-मातासहित थुप्रै आफन्तजनको केही अत्तोपत्तो छैन,' चालिसे
शनिबार भन्दै थिए, 'आफन्त भेटिने सम्भावना नरहेपछि छिट्टै घर फिर्दैछौं
।'
शुक्रबार मात्रै ऋषिकेशस्थित प्रहरी चौकीमा 'बेपत्तासम्बन्धी सूचना'
(एफआईआर) दर्ता गराएका चालिसेलाई आफ्ना आमा-बुवासहितको ९ सदस्यीय टोलीको
पछिल्लो विवरण टिपाउनै पनि मुस्किल पर्यो । 'उहाँहरू सुरुमा ऋषिकेश गएर
यता आउने भन्ने सुनेको हुँ तर ऋषिकेश कहिले आइपुग्नुभयो । त्यहाँबाट माथि
कहिले लाग्नुभयो, कहिलेबाट सम्पर्कहीन बन्नुभएको हो, यथार्थ विवरण
हामीसँग पनि छैन,' उनले भने ।
सम्पर्कहीन बनेका बुवा कृतिनाथले प्रयोग गरिरहेको फोनको विवरणदेखि अरू
सूचना सम्पर्कका कुनै आधार पनि आधिकारिक नरहेका कारण छोरा कृष्णले निकै
हैरानी बेहोर्नु पर्यो । 'कहाँबाट अन्तिम पटक सम्पर्क भएको हो, प्रस्तान
विन्दु कहाँबाट हो भनेर सोध्छन्, आफूलाई पत्तै छैन,' उनले भने,
'केदार-बद्री उक्लने विन्दु ऋषिकेशबाटै गत असार १ मा सम्पर्क भएको हो
भनिरहेको छु, यो अनुमानको कुरा हो ।'
सम्पर्कहीन रहेका कृतिनाथ-जमुनाजस्तै दर्जनौं तीर्थयात्रीको खोजबिनमा
जुटेका हरिद्वारस्थित आनन्दमयी आश्रमका प्रबन्धक पुष्पराज पाण्डेय पनि
तीर्थयात्रुको सही नाम ठेगाना, पहिचान पत्र रयात्राको विवरण नपाएर हैरान
छन् । 'सम्पर्कहीन तीर्थालुसँग न नागरिकताको कपी छ, न पासपोर्ट,' उनी
भन्छन्, 'कुनै गाविसको स्थानीय समितिको सदस्य वा प्रतिनिधि रहनुको
परिचयले यहाँ कुनै अर्थ दिँदैन ।'
शनिबारै रुकुम घर भनिएका राजु राना देहरादूनस्थित जोलिभेन्ट -हिमालयन)
अस्पतालमा भर्ना भएका छन्, उनको 'स्पाइनल कर्ड' मा समस्या देखिएको छ । तर
उनीसँग पनि परिचय पत्रकै समस्या छ । 'राजु कहिलेदेखि भारतमा छन् र कहाँ
कार्यरत थिए भन्नेसम्म पत्तो छैन,' अस्पताल स्रोतले भन्यो । नेपाल-भारत
खुला सिमाना तथा सन् १९५० को सन्धिले दिएको दुई देशमा सहज आवातजावतको
सुविधासँगै यसपटक बद्री-केदारनाथमा आइपरेको बिपत्तिका बेला द्विदेशीय
सम्बन्धको विशेषताले अर्को 'कठिनाइ' देखाइदिएको छ ।
भैरहवा, वीरगन्ज, नेपालगन्ज, बिराटनगर वा काँकडभिट्टा जुनै नाकाबाट भारत
प्रवेश गरे पनि कहीं कतै जानकारी अभिलेख नराख्ने र फिरन्ता यात्रु
बनिरहने प्रवृत्तिका कारण यसपटक नसोचेकोबिपत्ति आइपरेको छ ।
'अब मृत्यु प्रमाणपत्र लिने अथवा क्षतिपूर्ति पाइनेसम्मका स्थितिमा भारत
प्रवेशको आधिकारिक रेकर्ड/विवरण माग गरिने अवस्था देखिएको छ,'
हरिद्वारस्थित समाजसेवी नारायण पन्थीले भने, 'यसबेला हाम्रा नेपाली
तीर्थालुसँग न नागरिकता न पासपोर्टको निस्सा छ । अथवा कुनै सीमावर्ती
नाकामा आवतजावत गरिरहेको रेकर्ड पनि दर्ता नगराइएको अवस्था छ । यसबेला
प्राकृतिक बिपत्तिमा परेर कोही हताहत भए पनि यहाँ आएका थिए भनेर प्रमाण
जुटाउन नसकिने अवस्था छ ।' दिल्लीस्थित नेपाली दूतावासका अनुसार
शनिबारसम्ममा १ सयभन्दा बढी नेपाली तीर्थयात्रुतथा श्रमिकले
बद्री-केदारनाथको बिपत्तिमा सम्पर्कहीन रहेको टिपोट लेखाइसकेका छन् । तर
यो टिपोटमा पनि भ्रमणको आधिकारिक प्रमाण जुटाउने आधार छैन ।
पछिल्लो तथ्यांकमा बद्री-केदार रुटमा काम गर्ने नेपाली भरिया, डोले र
अन्य श्रमिक तथा तीर्थयात्रु गरेर झन्डै एक हजार जना अझै सम्पर्कहीन
बनेको अनौपचारिक तथ्यांक छ । तर यसको रेकर्ड न स्थानीय प्रशासनमा छ, न
नेपालबाट भारत छिर्ने नाकामा छ । 'यसकारण पनि सीमावर्ती नाकामा
नेपाल-भारत आवतजावत गर्ने पर्यटक वा जो कोहीको तथ्यांक रेकर्डमा राख्नु
जरुरी हुन्छ,' देहरादूनस्थित गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष
सूर्यविक्रम शाही भन्छन्, 'होइन भने को यता -भारत) आयो, अथवा को उता
(नेपाल) गयो न राज्यलाई थाहा हुन्छ, न यात्रु स्वयंलाई नै थाहा भइरहेको
हुन्छ ।' खुला सिमाना भन्दैमा यसलाई व्यवस्थित र प्रक्रियासंगत गर्नुको
सट्टा आफूखुसी 'खुला शैली' अपनाएमा यसले विभिन्न समयमा कठिनाई उब्जाइरहने
शाहीको बु

No comments:

Post a Comment