२२ चैत, तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पा अवैध घरेलु हातहतियार
सङ्कलन गर्नेमा पहाडी जिल्लामै सबैभन्दा बढी घरेलु भरुवा बन्दुक सङ्कलन
गर्न सफल बनेको छ । जिल्ला प्रहरी कार्यालयले ३५ दिनको अवधिमा ५२३ अवैध
घरेलु भरुवा बन्दुक र दुई गि्रनेट सङ्कलन गर्न सफल बनेको हो । जिल्लाका
इलाका प्रहरी, चौकी तथा अस्थायी प्रहरी चौकीबाट ५ सय २३ अवैध भरुवा
बन्दुक सङ्कलन गरिएको हो ।
अवैध घरेलु हातहतियार सङ्कलनकालागि घरदैलो अभियानबाट ५२३ अवैध घरेलु
भरुवा बन्दुक सङ्कलन भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले अझै एक
महिने अभियान सञ्चालन गरेर गाउँमा रहेका अवैध हातहतियार सङ्कलन गर्नेछ ।
प्रहरी नायब उपरीक्षक स्थानेश्वर रेग्मीले अहिलेसम्म ५२३ घरेलु अवैध
हातहतियार सङ्कलन भएको बताउनुभयो । उहाँले अझै एक महिनाको अवधिमा घरेलु
अवैध हातहतियार प्रहरीमा बुझाउन अपिल गर्नुभयो । सङ्कलन भएका हातहतियारमा
केहीका लाइसेन्स छन् ।
खालीवन गाविसको जब्गादीस्थित प्रहरी चौकीले जिल्लामै सबैभन्दा बढी भरुवा
बन्दुक सङ्कलन गरेको हो । जब्गादीस्थित प्रहरी चौकीले १०६ थान बन्दुक
सङ्कलन गरेको रेग्मीले बताउनुभयो ।रासस
No comments:
Post a Comment