Thursday, April 4, 2013

१० लाख नदिए बम पड्काउने धम्की दिने व्यक्ति प्रहरी फन्दामा

रमेशकुमार पौडेल, चितवन, चैत २२ - बैँकका शाखा प्रमुखलाई एसएमएस गरेर
धम्काउँदै १० लाख रुपैयाँ माग्ने व्यक्तिलाई चितवन प्रहरीले गिरफ्तार
गरेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शारदानगरगाविस
वडा नं. २ बस्ने २० वर्षका रोशन भन्ने चेतबहादुर विक समातिएका हुन्।
उनले चैत ५ गतेदेखि नेपाल बैंक रामपुर शाखाका प्रमुख गणेशबहादुर चौधरीलाई
पटक पटक एसएमएस गरेर पैसा मागेका थिए। मागे बमोजिम १० लाख रुपैयाँ नदिए
अपहरण गर्ने र घरमा बम पड्काउने भन्दै धम्काउने गरेकोप्रहरीको भनाइ छ।

No comments:

Post a Comment