Friday, April 5, 2013

भारतले मिच्यो नेपालका ७१ ठाउँको सीमा

२३ चैत, चितवन । सीमाविद्हरूले अहिलेसम्म नेपालको ७१ ठाउँमा भारतले सीमा
मिचिएको बताएका छन् । भारतले अहिले पनि सीमा मिच्ने क्रम जारी राखेकाले
नेपालको सीमा झनै खतरामा पर्दै गरेको समेत उनीहरूले बताएका छन् ।
नेपालको सबैभन्दा बढी कालापानीक्षेत्रमा ३७ हजार हेक्टर क्षेत्रफल र
सबैभन्दा कम इलामको पशुपति नगरमा आधा रोपनी जग्ग्ाा भारतले मिचेको
सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताउनुभयो । उहाँ सीमाकै विषयमा छलफल
गर्न हिजोदेखि चितवनमा नै हुनुहुन्छ।
त्यस्तै चौध हेक्टर नवलपरासीकोसुस्तामा सीमा मिचिएको उहाँले बताउनुभयो ।
दश वर्ष अघि ५३ ठाउँमा सीमा मिचिएकोमा अहिलेसम्म आइपुग्दा ७१ ठाउँमा
मिचिसकेकाले भारतले सीमा मिच्ने क्रम नरोकिएको प्रष्ट भएको सीमाविद्
श्रेष्ठले जानकारी दिनुभयो ।
दस वर्षअघि सीमासम्बन्धी आफूलेनिकालेको किताबमा ५३ स्थानमा सीमा मिचिएको
पाइएकोमा अहिले ७१ स्थानमा मिचिँदासम्म नेपाल सरकार मौन रहेको उहाँले
बताउनुभयो । तत्कालीन समयमा ६० हजार हेक्टर सीमा अतिक्रमण भएकोमा अहिले
६० हजार ६००हेक्टर अतिक्रमण भएको समेत उहाँले बताउनुभयो ।
त्यस्तै अर्का विज्ञ फणीन्द्र नेपालले सीमाको विषयमा सरकार गम्भीर नभएको
बताउनुभयो । ग्रेटर नेपाल निर्माणका लागि सबै एकजुट हुनुपर्ने, विगतका
सन्धि सम्झौता पुनरावलोकन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अर्का विज्ञ तथा अधिवक्ता डा गोपाल सिवाकोटी चिन्तनले विगतमा आन्दोलनमा
होमिएको एनेकपा माओवादीले पनि सीमाको विषयमा कुनै काम गर्न नसकेको आरोप
लगाउँदै सीमाको विषयमा नेपाल कडाइका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।
रास

No comments:

Post a Comment