मुम्बई, चैत २३ (एएफपी) - भारतको आर्थिक नगरीमा निर्माणाधीन भवनभत्कँदा
मर्नेहरुको संख्या कम्तिमा २७ पुगेको प्रहरीले शुक्रबार जनाएङ्को छ।
घटनामा ५० भन्दा बढी घाइते भएका छन्।
सात तल्ले भवनका केही भाग बिहीबार साँझ भत्किएपछि पूरै भवन
गर्ल्यामगुर्लुम ढल्न पुगेको थियो।
थाने जिल्लास्थित प्रहरी कन्ट्रोल रुमका एक वरिष्ठ प्रहरी अधिकारीले
बिहानसम्ममा २७ जनाको मृत्यु भइसकेको पुष्टि गरेका छन्। मर्नेमध्ये सात
महिला र नौ बालबालिका भएको उनले जानकारी दिए।

No comments:
Post a Comment