पाटन अदालतमा भेटियो बाबुराम र प्रचण्डविरुद्ध मुद्दा
२३ चैत, काठमाडौं । निर्वाचन आयोगले यसैसाता तयार पारेको संविधानसभा
चुनावसम्बन्धी अध्यादेशमा परिमार्जन नभए एमाओवादी अध्यक्ष प्रचण्ड र
उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभा चुनावमा भाग लिन नपाउने हुने
भएको छ ।
आयोगद्वारा प्रस्तावित अध्यादेशको दफा २३ (ख) मा उमेद्वारले आफ्नो
मनोनयत्र पेशगर्दा निजउपर सरकारवादी हुने मुद्दा कुनै अदालत या निकायमा
नचलेको विवरण पेश गरिनुपर्ने नयाँ प्रावधान राखिएको छ । यो प्रावधान
स्वीकृत भएमा प्रचण्डर बाबुराम स्वयंले उमेद्वार बन्न पाउनुहुन्न ।
पाटन पुनरावेदन अदालतमा बाबुराम र प्रचण्डसहित ५ सय ८६ जनाविरुद्ध
फौजदारी मुद्दा फेला परेको छ । सिन्धुलीको भिमान प्रहरी चौकीमाथि आक्रमण
गरी ४९ जना विभिन्न तहका प्रहरी कर्मचारीको हत्या गरेको र ५ लाख २२ हजार
रुपैयाँको क्षति पुर्याइएको आरोपसहित पुनरावेदन अदालतमा यो मुद्दा चलेपछि
तत्कालीन न्यायाधीश मिनेन्द्रबहादुर कार्की र केशरमान पतीले हेरेको यो
मुद्दा को नम्बर रहेको छ ।
एमाओवादी नेता प्रचण्ड र बाबुरामलगायत प्राय सबै केन्द्रीय नेताहरुका
नाममा देशैभरि अदालत या प्रहरी कार्यालयमा कुनै न कुनै फौजदारी
मुद्दाहरुको रेकर्ड रहेको छ । निर्वाचन आयोगले मुद्दा लागेका व्यक्तिलाई
उमेद्वार बन्न नदिने अध्यादेश तयार पारेपछि एमाओवादीले क-कसका नाममा
मुद्दा दर्ता छन् भन्ने कुराको खोजी गर्ने जिम्मा केन्द्रीय सदस्य
टोपबहादुर रायमाझीलाई दिएको छ ।
हेर्नुहोस् पाटन अदालतमा फेला परेको प्रचण्ड र बाबुरामसहित ५८६
जनाविरुद्ध मुद्दाको प्रमाण

No comments:
Post a Comment