२२ चैत, काठमाडौं । भारतको राजकोट नगरमा आत्मदाहमा ज्यान गुमाउने
नेपालीको संख्या तीन पुगेको छ । सरकारले आफ्नो उठिबास गराउने निर्णय
गरेको विरोधमा बुधबार आत्मदाह गरेका एकै परिवारका पाँचजना नेपाली मध्ये
थप दुइ जनाको बिहीबार मृत्यु भएसँगै ज्यान गुमाउने नेपालीको संख्या तीन
पुगेको हो ।
सरीरमा आगो लगाएपछि डढेर गम्भीर घाइते भएका भरत मान सिंहको बुधबार दिउँसो
नै ज्यान गएको थियो । उनकी पत्नी आशा र भाइ गिरिसको बुधबार राति उपचारका
क्रममा राजकोट सिभिल अस्पतालमा ज्यान गएको हो । आत्मदाका क्रममा डढेर
गम्भीर अवस्थामा रहेका ३० वर्षकी रेखा र ६० वर्षकी बासुमतिको उपचार
भैरहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
सरकारले आफ्नो उठिबास गराउन गरेको निर्णयकोे विरोधमा त्यो पाँच सदस्यीय
नेपाली परिवारले राजकोट नगरपालिका कर्पोरेसन केन्द्रीय कार्यालयभित्रै
छिरे आफ्नो सरीरमा मट्टतिेल छर्केर आगो लगाएको थियो । रैयाधर क्षेत्रमा
त्यो नेपाली परिवारलाई सानो छाप्रो बनाउन अनुमति दिइएको भएपनि ठूलो
क्षेत्र ओगटेर अवैध रुपमा पक्की घर बनाएको भन्दै अदालतले त्यस क्षेत्रबाट
त्यो परिवारलाई हटाउन आदेश दिएपछि त्यसको विरोधमा नेपाली परिवारले
आत्मदाह गरेको हो ।
उता भारतीय कंग्रेसले विपक्षी जनता पार्टीको उक्साहटमा नेपाली परिवारले
आत्मदाह गरेकोभन्दै त्यसको विरोधमा आज राजकोट बन्द गरेको छ । यसैबीच
राजकोटका मेयरले आत्मदाह गरेकोनेपाली परिवारलाई ५ लाख क्षतिपूर्ति दिने
घोषणा गरेका छन् भने कंग्रेस पार्टीले १ लाख दिने निर्णय गरेको छ
No comments:
Post a Comment