२२ चैत, रौतहट । आफ्नो स्थानीय नेताले घर बनाउन राखेको झ्याल ढोका बरामद
गरेर ल्याएको बिरोधमा एमाओवादी कार्यकर्ताले जिल्ला वन कार्यलय रौतहटमा
तोडफोड र आगजनी गरेका छन् ।
एमाओवादी स्थानीय नेता तथा सुकुम्बासी समस्या समाधान आयोगरौतहटका अध्यक्ष
हरि पौडेलले किनेर ल्याएको पुरानो झ्याल ढोका सशस्त्र प्रहरी र वन
कर्मचारीले बरामद गरेको भन्दै माओवादी कार्यकर्ता वन कार्यलयघेराउ गर्न
पुगेको थियो । उनीहरुले जिल्ला वन कार्यलय प्रमुख नन्दलाल यादवको
बिरोधमानारावाजी समेत गरेका थिए । घर बनाउनका लागि ल्याएको पुरानो काठ
समातेर मुद्धा चलाउने गरेका कारण बाध्य भएर जिल्ला वन कार्यलय घेराउ
गर्नु परेको एमाओवादी रौतहट क्षेत्र नं ६ का पूर्व सभासद देबेन्द्र
पटेलले बताउनुभयो ।
एमाओवादीका कार्यकर्ताहरुले जिल्ला वन कार्यालयमा तोडफोड गर्न थालेपछि
सशस्त्र वन रक्षकले एक दर्जन हवाई फायर गरेको छ । स्थीतिलाई नियन्त्रणमा
लिन जिल्ला प्रहरीकार्यालय गौरबाट प्रहरी नायब उपरीक्षक कृष्ण प्यारा
खरेलको कमाण्डमा थप मद्दत टोली घटनास्थलमा पुगेको थियो ।
तोडफोड र आगजनीपछि सडकमै कोण सभा गरी माओवादीले वन अधिकृत यादवको सरुवा
नगरे थप आन्दोलन गर्ने घोषणा गरेको छ ।
वन कार्यालय प्रमुख यादवले भने घटनाका सम्बन्धमा विस्तृत जानकारी नभएको
बताउनु भएको छ । उहाँले भन्नुभयो-"कार्यालयको कामले सदरमुकाम गौर आएको
बेला आन्दोलन गरेका रहेछन् । कार्यालयमा केही भौतिक क्षति पुर्याएको
जानकारी पाएको छु । कार्यालय पुगे पछि मात्र विस्तृत जानकारी दिन्छु ।"
No comments:
Post a Comment