Wednesday, April 3, 2013

अफगानिस्ताले उपाधि जित्यो, नेपाल उपबिजेता

२१ चैत, काठमाण्डौ । एसीसी ट्वान्टी-२० कप क्रिकेटको उपाधी लगातार चौथो
पटक अफगानिस्तानले जितेको छ ।
नेपाललाई ७ विकेटले पराजित गर्दै अफगानले उपाधी रक्षा गरेको हो । अघिल्ला
खेलहरुमा जस्तो व्याटिङ र बलिङ दुबै चल्न नसक्दा पहिलो पटक फायनल पुगेको
नेपाल उपविजेतामा सिमित भएको छ ।
नेपालले प्रस्तुत गरेको १ सय ३६ रनको विजयी लक्ष्य अफगानिस्तानले १३ बल
बाँकी छँदा मात्र ३ विकेटको क्षतिमा भेट्टयो । उसका लागि गुल्वादिन
नाभीले अविजित ४३ रन बनाए । नेपालका कप्तान पारस खड्का र शक्ति गौचनले
समान १-१ विकेट लिए।
यसअघि त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ थालेको नेपालले २०
ओभरमा ५ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । नेपालका लागि कप्तान
पारस खड्काले अर्धशतक जोडे ।

No comments:

Post a Comment