बैशाखसम्म नबुझाए कारवाही
२१ चैत, काठमाडौं । सेनासमायोजन विशेष समितिले माओवादीसँग ३२ थान हतियार
रहेको भन्दै बैसाखभित्र सबै हतियार सरकारलाई बुझाउन आग्रह गरेको छ ।
नेताहरुको सुरक्षाका लागि भन्दै शिविर बाहिर राखिएका ती हतियार फिर्ता
गर्न बैशाख मसान्तसम्मको समय दिइएको छ ।
बुधबार बिहान बसेको समितिको बैठकले हतियार बुझाउन बैशाख मसान्तसम्मको समय
दिएको विशेष समितिका सदस्य भीम रावलले जानकारी दिनुभयो । 'बैठकले बैशाख
मसान्तसम्म ती हतियार नबुझाए गैरकानूनी रुपमा हतियारराखेको कानून अनुसार
कारवाही गर्न सरकारलाई सिफारिस गरेको छ ।'- रावलले अनलाइनखबरसित
भन्नुभयो- 'अहिलेसम्म नेताको सुरक्षाको लागि भन्दै ३२ नाल हतियार बाहिर
राखिएको छ ।'
विशेष समिति बैठकले पूर्वमाओवादी लडाकुहरुको अभिलेख सरकारलाई बुझाउने र
सेना समायोजनको प्रक्रियालाई अघि बढाउन नेपाली सेनाको महानिर्देशनालयलाई
निर्देशन दिने निर्णयसमेत गरेको छ ।
No comments:
Post a Comment