७ चैत, काठमाण्डौं । अमानवीय तरिकाले रोजगारमा लागइएका ६ नेपाली महिला
कामदारको जोर्डनमा उद्धार गरिएको छ । जोर्डनको समाचार संस्था अल्बावाबाले
ती नेपाली महिला कामदारको केही सातायता उद्धार गरिएको जनाएको छ । पीडित
महिलाले नेपालमा रहेका आफन्तसँग फोन सम्पर्क गरी आफ्नो स्थितिका बारेमा
बताएपछि उनीहरुको उद्धार गरिएको हो ।
समाचार संस्थाले ती महिलाको नाम तथा ठेगाना भने समाचारमा उल्लेख नगरेको
नागरिक दैनिकमा खबर छ । उद्धार गरिएका महिला कामदार क्राफ्ट इस्ट नामक
औद्योगिक कम्पनीमा कार्यरत थिए । जोर्डनको मानवअधिकारवादी संस्था
तामकिनमा महिला कामदारलाई उक्त कम्पनीले अमानवीय तरीकाले काममा लगाएको
उजुरी परेपछि संस्थाले उनीहरुको उद्धार गरेको हो ।
नेपालीलाई आन्दोलन नगर्न आग्रह
मलेसियामा रोजगारदाता कम्पनी र आप्रवासी कामदारबीचतनाब बढेपछि त्यहाँ
स्थित नेपाली दूतावासले नेपालीलाई आन्दोलनमा सहभागी नहुन आग्रह गरेको छ ।
मलेसियामा कार्यरत नेपाली कामदारलाई सम्बोधन गर्न जारी गरिएको
विज्ञप्तिमा कुनै समस्या परे तत्काल दूतावासमा सम्पर्क गर्न पनि आग्रह
गरिएको छ ।
No comments:
Post a Comment