Wednesday, March 20, 2013

विदेश गएको छोरा फर्किदा छोरी बनेपछि…

७ चैत, बर्दिवास । महोत्तरीको हात्तीलेट-९ का शुक्रबहादुर आलेको परिवार
विदेश कमाउन गएको छोरा लिङ्ग परिवर्तन गरी छोरी भएर फर्केपछि आश्चर्यमा
परेका छन ।
घरको गरिबीले दिक्क भएर १० वर्षअघि १५ वर्षको उमेरमा भारत पसेको छोरा
वुद्घबहादुर आले भर्खरै छोरी भएर बबली नाउँ राखेर र्फकदा आले परिवार
आश्चर्यमा परेको हो । शुक्रबहादुर र चिजमाया आलेका तीनवटी छोरीपछिको
रहरको छोराले लिङ्ग परिवर्तन गरी छोरी बनेर घर र्फकदा अनौठोसँगै विस्मात
पनि लागेको आले परिवारले बताएका छन् ।
सन्तानको आफ्नै रहरको निर्णय भएकाले उसको निर्णयमा चित्त बुझाएर खुसी
हुनुपरेको आमा चिजमाया आलेको भनाइ छ । वुद्घ छोरा भएर जन्मेपनि सानैदेखि
छोरीजस्तै आनीबानी भएको र साथी पनि केटीलाई नै बनाउने गरेको आले दम्पतीको
पुरानो स्मृति छ ।
सानोमा कतिपयले मोङ्मेहरा (आइमाइजस्तो) भनेर जिस्क्याउँदा उ दिक्क मान्ने
गरेको बाबु शुक्रले वुद्घको वाल्यकाल सम्झदै बताएका छन् । अहिले १०
वर्षपछि लिङ्ग परिवर्तन गरेर फागुपर्व मनाउन घर आएकी बबली -वुद्घ)ले
आफ्नो शरीरमा पुरुष जनेन्द्रीय भए पनि आफू सधैँ केटी रहेको बोध हुने
गरेकाले विज्ञानले दिएको सुविधाअनुसार लिङ्ग परिवर्तन गरेको बताएकी छिन्

भारतको मुम्बईमा काममा रहँदा त्यहाँका साहुले लिङ्ग परिवर्तन गर्न
सल्लाह, सुझाव र सहयोग जुटाई दिएपछि चार वर्षपहिले आफ्नो स्वभावअनुसारको
लिङ्ग फेर्न पाएपछि खुसी लागेको बबलीको भनाइ छ । नाच्ने, गाउने कुरामा
निक्कै रमाउने बबली यस्तो काम आफ्नै देशमा पाए विदेश नजाने बताउँछिन् ।
भारतमा हुँदा एकदुईजना युवाको प्रेमजालमा परेको बताउने बबलीले तत्काल
बिहेबारीको योजना नरहेको स्पष्ट पारेकी छन् । उमेरमा आफूप्रति युवाहरु
लठ्ठिनुलाई आफ्नो रुप, यौवन र सौन्दर्यको करामत ठान्ने बबलीले रोजाइको
जीवनसाथी नेपाली नै बनाउन चाहेको बताएकी छन् । रासस

No comments:

Post a Comment