Wednesday, January 9, 2013

मजदुर नेताले जुवामा २ करोड हारेपछि…

२५ पुस, काठमाण्डौं । तत्कालीन तारा क्यासिनोका मजदुरका लागि खडा गरिएको
कोषमा जम्मा भएको २ करोड २० लाख रुपैयाँ एकीकृत नेकपा माओवादीका मजदुर
नेताले मालिकसँग मिलेर जुवामा सिध्याएका छन् । उक्त रकम पाउन क्यासिनोमा
कार्यरत मजदुरले निरन्तर आवाज उठाएपनि त्यसको सुनुवाई अहिलेसम्म भएको
छैन् ।
'मजदुरका नाममा जम्मा गरिएको रकम खोइ भनेर एमाओवादीका नेताहरुलाई
सोधिरहेका छौं' अखिल नेपाल रेस्टुरेन्ट तथा होटल मजदुर संघ क्यासिनो
इकाईका सचिव रामहरि रिमालले भने 'युनियनका नेता भने जुवामा हारियो भनेर
पन्छिन्छन,' नागरिक दैनिकमा खबर छ ।
गत अपि्रलमा तत्कालीन महाप्रबन्धक नरेन्द्रप्रसाद श्रेष्ठ र सहायक प्रमुख
महीनारायण चौधरीले मजदुर उपदान कोषको रकम तीन महिना पछि तिर्ने सर्तमा
निकालेको एमाओवादीका मजदुर नेताहरुले बताएका छन् । तर, उक्त कोषको रकम
मजदुरलाई नैनसोधी निकालेर जुवामा हारियो मात्र भनेर एमाओवादीका मजदुर
नेता पन्छिन खोजेपछि अन्य संगठनहरुले व्यवस्थापकसँगमिलिभगतमा हिनामिना
गरेको आरोप लगाएका छन् ।

No comments:

Post a Comment