Wednesday, January 9, 2013

१५ जनवरीदेखि कोरियामा नेपालीको माग बढ्ने

२५ पुस, सउल । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि
कोरिया जान प्रतिक्षामा रहेका नेपाली कामदारको माग जनवरीपछि बढ्ने भएको छ
। कोरिया सरकराले २०१३ मा प्रवासी मजदुरका लागि निर्धारण गरेको कोटामा
माग खोल्न रोजगारदातालाई औपचारिक आव्हान गरेपछि नेपालीको माग बढ्ने भएको
हो ।
कोरियाको रोजगार तथा श्रम मन्त्रालयले जनवरी१५ देखि २५ भित्र
रोजगारदातालाई विदेशी कामदार माग गर्न समय छुट्टयाएको छ । रोजगारदाताले
माग गरे अनुसार विदेशी कामदारको कोटा दिन नसकेका कारण 'फस्र्ट कम फस्र्ट
सर्भ' का आधारमा रोजगार केन्द्रले कामदार मगाउन पाउने जनाएको छ ।
जनवरीमा माग प्रक्रिया पूरा भएपछि फेब्रुअरीको मध्यबाट माग बढ्नेछ ।
मन्त्रालयले सन २०१३ का लागि ६२ हजार विदेशी कामदारको कोटा छुट्टयाएको
खबर कारोबार दैनिकले छापेको छ ।
विमानस्थलबाटै प्रतिबन्धित ओमान जाँदै महिला
सरकारले महिला कामदार जान प्रतिबन्ध लागएको खाडी मुलुक ओमानमा त्रिभुवन
अन्तराष्ट्रिय विमानस्थलबाटै पठाउने गरिएको छ । ओमानमा अहिले दैनिक
पाँचदेखि सात जनासम्म महिला घरेलु कामदारका रुपमा जाने गरेका छन् ।
सरकारले प्रतिबन्ध लगाएको मुलुकमा कामदार पठाउनु अबैध भए पनि विमानस्थलका
सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी तथा श्रमडेक्स समेतको आँखा छल्दै
महिलालाई ओमान पठाउने गिरोह सक्रिय रहेको छ । 'विमानस्थलका विभन्न तहमा
'सेटिङ' मिलाएर पठाउने गरिएको छ,' गैर आवासीय नेपाली संघ ओमानका अध्यक्ष
डीबी क्षेत्रीले भने , 'यस्तो मानव बेचबिखन रोक्न सरकराले तत्काल कदम
चाल्नु आवश्यक छ ।'

No comments:

Post a Comment