Wednesday, January 9, 2013

बिदेसिएकी चेलीलाई मानसिक रोग

२५ पुस, काठमाण्डौं । कहिलेकाँही उनी तामाङ भाषा बोल्छिन् । कहिले
हास्छिन्,कहिले टोलाउँछिन् । धेरैलेजसो अरबियन र नेपाली भाषामा
बर्बराउँछिन् । कसको छोरी हो तिमी तामाङ भाषाबाटै जिज्ञासा राख्दा उनले
भनिन् 'धने, धने ।' अर्थात उनको बाबुको नाम धनबहादुर हो । आफ्नो
गाउँकोनाम भने थाहा छैन् । राहदानी बनाउन आएकाले सदरमुकाम चौताराभन्दा
उनी हाँस्दै मुन्टो हल्लाउँछिन् ।
गत शुक्रबार कुबेतबाट त्रिभुवन विमानस्थल झरेकी सिन्धुपाल्चोक स्याउले ४
कि २२ बर्षकी सम्झाना तामाङको अहिले राजधानीको जोरपाटीस्थित नेपाल मेडिकल
कलेजमा मानसिक रोगको उपचार भईरहेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
रोजगारीका लागि ४ महिना अघि बिदेसिएकी सम्झनालाई कसले यो हालतमा
पुर्‍यायो कसैलाई थाहा छैन् ।
कहिले उनी राममाया, राममायाभन्दै गुनगुनाउँछिन् । गोल्चेको राममाया
भन्नेले कुवेत लैजान सहयोग गरेकाले उनको नाम लिने गरेको पौरखी नेपाल
सिन्धुपाल्चोक संयोजक दीपक अर्यालले जनाए । राममाया भने अहिले कुवेत मै
छन् ।
वैधानिक रुपमै विदेश गएकी उनले आफु कामगर्ने घरमा एउटी बुढी आइमाई रहेको
र उनले सँधैजसो कुट्ने गरेको इसारामा बताएकी छन् । उनलाईगहिरो मानसिक रोग
लागेको र अझै केही महिनामा केही सुधार हुन सक्ने चिकित्सकहरुले बताएका
छन् ।

No comments:

Post a Comment