Tuesday, January 15, 2013

भारतले काटिदियो ३० मेगावाट विजुली

२ माघ, काठमाण्डौं । भारतले सोमबारदेखि विद्युत आपूर्तीमा कटौती गरेपछि
मुलुकको विद्युत् प्रणालीमा ३० मेगावाट विजुली घटेकोछ । मुलुकले चरम
लोडसेडिङ भोगिरहेका बेला भारतले अचानक ३० मेगावाटको हाराहारीमा विद्युत्
कटौती गरेपछि लोडसेडिङ बढ्ने चिन्ता विद्युत् प्राधिकरणका अधिकारीले
व्यक्त गरेको छ ।
प्राधिकरणका प्रवक्ता शेरसिंह भाटका अनुसार भारतले तत्कालका लागि
रक्सौल-बीरगञ्ज, सीतामढी जलेश्वर र कटैया राजविराज गरी तीन ठाउँका ३२
केभी प्रसारण लाइनबाट पूर्ण रुपमा बिजुली बन्द गरेको छ ।
त्यसैगरी भारतले तत्कालका लागि भन्दै कटैया दुहबीको १३२ केभी प्रसारण
लाइनबाट २० मेगावाटको हाराहारीमा बिजुली कटौती गरेको छ । कटैया दुहबी
प्रसारण लाइनबाट नेपालले ७० देखि ७५ मेगावाटबाट विजुली आयात गर्दै आएकामा
भारतले सोमबारदेखि ५० देखि ६० मेगावाट मात्र दिन थालेको खबर कान्तिपुर
दैनिकमा खबर छ ।

No comments:

Post a Comment