Tuesday, January 15, 2013

पुरुषलाई सुत्केरी विदाबारे एमाओवादीमा छलफल !

२ माघ, काठमाडौं । आगामी माघ २० मा हेटौडामा हुने नेकपा एकीकृत माओवादीको
महाधिवेशनमा पुरुषलाई कति दिन सुत्केरी विदा दिने भन्नेबारे छलफल हुने
भएको छ । महाधिवेशनमा छलफलका लागि केन्द्रीय समितिद्वारा पारित राजनीतिक
प्रतिवेदनममा अध्यक्ष प्रचण्डले पुरुषहरुलाई एक महिना सुत्केरी स्याहार
विदादिइनुपर्ने उल्लेख गर्नुभएको छ ।
पुरुषलाई सुत्केरी विदा उल्लेख भएको यो प्रस्ताव राज्यसमिति र जिल्ला
समितिमा छलफलका लागि जाँदैछ । महाधिवेशनका लागि तयार पारिएको राजनीतिक
प्रतिवेदनमा प्रचण्डले भन्नुभएको छ-'सबै क्षेत्रका कामदार, कर्मचारी
महिलालाई कम्तिमा ३ महिनाको प्रसुती/सुत्केरी विदा र श्रीमान्लाई कम्तिमा
१ महिना प्रसुती/सुत्केरी स्याहार विदाको व्यवस्था गर्ने नीति लिइने छ ।'
अहिले निजामति सेवाका पुरुष कर्मचारीहरुले १५ दिन सुत्केरी स्याहार
विदापाउने गरेका छन् ।
सन्तान जन्माउन बिहे गरिरहनु नपर्ने
यसैवीच, पार्टीको राजनीतिक दस्तावेजमा प्रचण्डले विवाह नगरी जन्मेकाहरुले
पनि पहिचान र पैत्रिक सम्पत्तिमा अन्य नागरिकसरहअधिकार पाउनुपर्ने धारणा
अघि सार्नुभएको छ ।
अविवाहित, परस्त्री वा परपुरुषवीचको यौन सम्बन्धलाई 'सांस्कृतिक विचलन'
मानी कडा कारवाही चलाउँदै आएको एमाओवादी पार्टीको महाधिवेशनमा पेश गरिने
राजनीतिक प्रतिवेदनमा प्रचण्डले लेख्नुभएको छ-'विवाहभन्दा बाहिरबाट
जन्मेकाले पनि पहिचान र पैत्रिक सम्पत्ति अन्य नागरिकसरह पाउने हक र अवसर
प्राप्त गर्ने अधिकार दिइने छ।'
कम्युनिष्टहरुको राजनीतिक प्रतिवेदनमा प्रायः राजनीतिक कार्यदिशाबारे
उल्लेख गरिँदै आएकोमा यो मान्यतालाई एमाओवादी अध्यक्ष प्रचण्डले
दस्तावेजमा तोड्नुभएको छ । समाजका यौनजन्य मान्यतालाई पनि
एमाओवादीलेपरिवर्तन गर्न खोजेको दस्तावेजमा झल्किन्छ ।दस्तावेजमा
महिलालाई इच्छा अनुसार सन्तान जन्माउने, विवाह गर्ने र सम्बन्ध विच्छेद
गर्ने अधिकार दिइने उल्लेख छ । राजनीतिक प्रतिवेदनमा विगतको परम्परा
तोड्दै प्रतिवेदनमा आर्थिक, सामाजिक एवं सांस्कृतिकविकासका लागि चुनावी
घोषणापत्रजस्तै अवधारणाहरु प्रस्तुत गरिएका छन् ।
दस्तावेजमा समुद्र पारिबाट ल्याइएको कुहिएको गहुँ खानुपर्ने बाध्यता समेत
उल्लेखगरिएको छ ।

No comments:

Post a Comment