Wednesday, January 16, 2013

बाउबिरुद्ध मुद्दा हाल्ने तयारीमा पारस

३ माघ, काठमाण्डौ । पत्याईहाल्न मुस्किल । तर, यो बास्तविक हो कि निकट
भबिष्यमै पूर्वराजा ज्ञानेन्द्रमाथि नेपालको तल्लो तहको अदालतमा मुद्दा
चल्ने अबस्था सिर्जना भएको छ । द्वन्द्वकालिन मुद्दालाई लिएर दैलेखदेखि
लण्डनसम्म तरङ्ग सिर्जना भइरहेका बेला द्वन्द्व उत्र्कषमा रहेका बेलाका
शासक ज्ञानेन्द्रमाथि त्यस्तो मुद्दा लाग्न थालेको भने हैन् । यो त उनको
घरभित्र चलेको रडाको हो ।
पत्नी कोमलको शरिरमा रहेको गोलीको छर्रा निकाल्न ज्ञानेन्द्र परिवारसहित
सिंगापुर गएका बेला छोरा पारस शाह थाइल्याण्डमा लागूऔषध मुद्दामा पक्राउ
परेका थिए । त्यही बेला पारस धरौटीमा रिहा भए । धेरैले अनुमान लगाए कि
छोराको धरौटीचाहिं बाबु ज्ञानेन्द्रले नै तिरिदिए ।
एक्लो छोरा माया त लागिहाल्छ नी भन्ने कसैले अनुमान गरेको भए त्यो सोह्रै
आना गलत ठहरिने छ । ज्ञानेन्द्रले धरौटीको पैसा दिनु त परको कुरा, उल्टै
दाजुको दुःख देखेर पैसा तिरिदिने बहिनीहरुलाई पनि हप्काएको बुधबारको
जनआस्था साप्ताहिकले छापेको छ । अहिले तिनै बहिनीहरु काठमाण्डौ फर्किएर
दाजुका लागि कस्तो वकिल खोज्ने भन्ने तयारी गरिरहेका छन् ।
आखिर किन चाहियो पारसलाई वकिल ? स्रोतका अनुसार बाबुदेखि दिक्क भएका पारस
उनीबिरुद्ध अदालतमा मुद्दा हाल्ने मनस्थीतिमा पुगेका छन् । बाबुबाट भएको
बेवास्ता, आफ्नी श्रीमती र छोराछोरीमाथि बाबुले जमाएको नियन्त्रणजस्ता
बिषयबाट रुष्ट भएका उनले सकेसम्म छलफलबाट नभए अदालती प्रकृयाबाट भए पनि
न्याय खोज्ने सोंचमा पुगेका छन् । उनले जिल्ला अदालत काठमाण्डौमा अंश
मुद्दा हालेर सम्पत्ति लिने सोंच बनाएको समाचारमा उल्लेख ।
थाइल्याण्डको हिरासतबाट मुक्त गराउने पारसकी सहोदर बहिनी भने थिइनन् ।
धिरेन्द्रकी छोरी सिताष्मा र पुजाका पति डा. राजीवा शाहीले रकमको जोहो
गरेर पारसलाई थुनामुक्त बनाएका थिए ।

No comments:

Post a Comment