Thursday, January 3, 2013

मलेसियामा नेपाली मजदुरको मासिक तलब २६ हजार

१९ पुस, काठमाण्डौं । मलेसियामा कार्यरत नेपाली कामदारको मासिक तलब
न्यूनतम २६ हजार रुपैयाँ (९ सय रिंगिट) पुगेको छ । मलेसियाली सरकारले
आप्रवासी कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरी मंगलबार (जनवरी १)
बाट कार्यान्वयनमा ल्याएको हो ।
यो निर्णयले त्यहाँ वैध रुपमा कार्यरत चार लाखभन्दा बढी नेपाली कामदारलाई
राहत मिल्नेछ । संशोधित निर्देशिक कार्यान्वयनबाट त्यहाँ कार्यरत नेपाली
कामदारको मासिक तलब कम्तीमा १० हजार रुपैयाँ बढेको छ ।
'मलेसिया सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक निर्देशिका
संशोधन गरी कार्यान्वयनमा ल्याएको छ,' मलेसियास्थित नेपाली दूतावासका
श्रम सहचारी अमलकिरण ढकालले भने,'कामदारको न्यूनतम मासिक तलब ९ सय
मलेसियन रिंगिट निर्धारण गरिएको छ । संशोधित निर्देशिका मंगलबारबाट
कार्यान्वयनमाआएको छ ।'
मलेसियाको मानव संशाधन मन्त्रालयले शुक्रबार आप्रवासी कामदारसम्बन्धी
न्यूनतम पारिश्रमिक निर्देशिका संशोधन गर्दै मासिक तलब ९ सय रिंगिट
न्युनतम तलब तोकेको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment