Sunday, January 20, 2013

रामपुरको प्रहरी कार्यालयप्रदर्शनकारीको कब्जामा ० राउण्ड अश्रुग्यास

रामपुरमा २७ वर्षीय सोनु श्रेष्ठको हत्याको विषयलाई लिएर उत्रेका स्थानीय
महिलाले इलाका प्रहरी कार्यालयलाई नियन्त्रणमा लिएका छन् ।
उनीहरुले आइतबार प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय परिसरमा
रहेको प्रतिक्षालयमा आगजनी गरेका छन् । हजारौंको भीडले रामपुर बजारलाई नै
कब्जामा लिएका छन् । तनाब बढ्दै गएपछि प्रहरी समेत पछि हटेको छ ।
भिडबाटै प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले भीड नियन्त्रण गर्न नसकिने
गरीबढेको स्वीकारे । उनले ढुंगा मुढा भएकाले भिडबाट जोगिनुपर्ने अवस्था
आएको बताए ।
हत्यारालाई कारबाही प्रक्रिया अगाडि बढाउन आनाकानी भएको भन्दै
प्रहरीकार्यालय घेराउ गरेका हुन्। प्रहृरीले अश्रुग्यास र रबरको गोली
प्रहार गरेपनि आक्रोसित भिड पछि हटेको छैन । शनिबार रातभर प्रहरी
कार्यालयअघि नारा जुलुस गर्दैगर्दा भएको झडपमा प्रहरी र १० जना बढी
प्रदर्शनकारी घाइते भएका छन् ।
आक्रोशित स्थानीयले ढुंगा प्रहार गर्दा इलाका प्रहरीकार्यालय रामपुरको
झ्यालका शिशा फुटेका छन् । प्रहरीले भीडलाई सामान्य गराउन लाठी चार्ज
गरेपछि थप आक्रोश बढेको थियो । भिड नियन्त्रण गर्न सदरमुकाम तानसेनबाट
प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेको नेतृत्वमा प्रहरी टोली रामपुर
खटाएकोछ ।
डेढ महिनाअघि बेपत्ता सोनुको खोजी कार्य नगरेको र हत्यामा संलग्न उनका
श्रीमान ओमबहादुर श्रेष्ठलाई प्रहरीले पक्रेर पुनः छाडेको भन्दै स्थानीय
आक्रोशित बनेका हुन् । आक्रोशित स्थानीय बासिन्दा र सोनुका आफन्तलेरामपुर
बजार र प्रहरी कार्यालय परिसरमा बृहत प्रदर्शन गरेपछि स्थिति सामान्य
बनाउन प्रहरीले ५०सेल अश्रु ग्यास र प्लास्टिकका गोली प्रहार गरेको छ ।
शनिबार राती र आइतवार दिनभर रामपुरको चोक र गल्लीबाट सयौं महिला, पुरुष
स्वःस्फूर्त नाराजुलुसमा उत्रेका छन् ।ओमबहादुरलाई स्थानीयले पुन छानविन
गर्नुपर्ने भन्दै पक्रेर प्रहरीलाई बुझाएका छन् ।
मृतक सोनुको शनिबार दिउँसोकालीगडकीको किनारमा बोराले बेरेको अवस्थामा
शवभेटिएको थियो । आफन्तले भने श्रीमान्ले सम्पत्तिको लागि कुटपिट गर्ने
गरेकाले हत्या गरेर फालेको आरोप लगाएका छन् ।

No comments:

Post a Comment