३ माघ, काठमाण्डौ । नेपालका मिडिया टाइकुनहरु आवरणमा प्रेस स्वतन्त्रता र
प्रजातन्त्रको कुरा गरे पनि मिडियाकै दुरुपयोग गर्दै गोरखधन्दा चलाउने
गरेको तथ्य सार्वजनिक हुँदै गएका छन् ।
हालै केवल अपरेटरहरुले इमेज च्यानलसहित सरकारी टेलिभिजनहरुको प्रसारण
बन्द गरिदिएपछि त्यसभित्रका खेलहरु बाहिर आउन थालेका छन् । संचारमाध्यमको
दुरुपयोग गर्दै सरकारमाथि दबाब सिर्जना गर्ने र त्यसैको त्रासमा करोडौंका
महत्वपूर्ण लाइसेन्स हात पार्ने दुई मिडिया टाइकुनको चलखेलको परिणाम
अहिले सवै च्यानलहरु केवलबाट बन्द हुने अबस्थामा पुग्दैछन् ।
प्रसंङ्ग हो- कान्तिपुर र इमेज च्यानलका संचालकहरुको घुसखोरी काण्डको ।
प्रसारण नियमावलीको संसोधन गराउँदै हालै उनीहरुले सुटुक्क मल्टिपल सर्भिस
अपरेटरको लाइसेन्स लिएका छन् । यो यस्तो लाइसेन्स हो जसले अहिलेसम्म
संचालित सवै केवल अपरेटरलाई डिजिटलाइजेसनका नाममा आफ्नो नियन्त्रणमा
राख्न पाउँछ र हरेक च्यानलबाट बाषिर्क १ करोड २५ लाख रुपैयाँसम्म रोयल्टी
लिन पाउँछ ।
यो लाइसेन्स लिएका छन- इमेज टेलिभिजनका संचालक आरके मानन्धरले । जसको सवै
प्रबन्ध मिलाउने काम गरेका थिए कान्तिपुर पब्लिकेसनका कैलाश सिरोहियाले ।
सिरोहिया र मानन्धर मिलेर सवै केवल अपरेटरको घाँटी अठ्याउने लाइसेन्स
लिएको कुरा केही समयसम्म गोप्य रहे पनि धेरैदिन छिप्न सकेन् । हाल
डाइरेक्ट टु होम (डीटीएच) प्रबिधिबाट च्यानल बेचिरहेको डिस होम मिडियाका
समेत अध्यक्ष रहेका कैलासले सुटुक्क अर्को लाइसेन्स लिएको कुरा बोर्ड
बैठकमा सार्वजनिक भयो । दुई जना मात्र मिलेर अर्को कम्पनी खोलेको र
त्यसमा पनि डिसहोमकै चिनियाँ साझेदारलाई राख्ने तानाबाना बुनिएको थाहा
पाएपछि अन्य संचालक कैलास र मानन्धरमाथि खनिए ।
सिरोहियाले भने संचार मन्त्रायलयका अधिकारीलाई ५ करोड खुवाएर लाइसेन्स
लिएको जानकारी दिंदै डिस होम र एमएसओ कम्पनी मिलेर जान सके कुस्त नाफा
कमाउन सकिने बि्रफिङ गरेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ
।
५ करोड खुवाएको कुरा सुनेपछि चिनियाँ पक्षले सो कम्पनीमा बस्न त्यति रुची
नदेखाएको र कम्पनीका अन्य साझेदारले पनि कम्पनीलाई धोका दिएर अर्कै
कम्पनी खोलेको भन्दै आक्रोश देखाएको बताइएको छ । साना लगानीकर्ताले
कैलासलाई अध्यक्षबाट हटाउने प्रस्ताव गरेको भएपनि तत्कालका लागि डिसहोमको
बिज्ञापन कान्तिपुर टीभी र पत्रिकामार्फत प्रकाशन/प्रसारण गर्नेगरि
थामथुम गरिएको थियो ।
करोडौं कमाउने लाइन मिलाउन प्रसारण नियमावली संसोधन गराइ साना
ब्यबसायीलाई उठिबास लगाउन खोजेको भन्दै केवलवालाहरु इमेज र
कान्तिपुरविरुद्ध खनिए । तर, कान्तिपुर र इमेजले यो प्रकरणलाई राजनीतिक
रंग दिंदै सरकारको दबाबमा इमेज बन्द गरिएको प्रचार गराउन थालेका छन् । तर
केवल संचालकहरुले भने चरणबद्ध आन्दोलनका क्रममा मंगलबारदेखि नेपाल
टेलिभिजन र एनटीभी प्लस पनिबन्द गराएका छन् ।
No comments:
Post a Comment