Saturday, December 22, 2012

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाबुरामको प्रस्ताव

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा पार्टीले प्रस्ताव अघि सार्नुपर्ने
बताउनुभएको छ ।
राजधानीस्थित रोयल सिंघी होटलमा शुक्रबार आयोजित पार्टीका राज्यसमिति
इञ्चार्जसहितको बैठकमा बोल्दै प्रधानमन्त्री डा. भट्टराईले आफ्नै सरकारको
नेतृत्वमा सहमति हुन नसके ठूलो दलको हिसाबले पार्टी अध्यक्ष प्रचण्डलाई
प्रधानमन्त्रीमा प्रस्तावगरिनुपर्ने बताउनुभएको हो । 'पहिले यही सरकालाई
प्राथमिकता दिऔं, त्यसमा पनि भएन भने ठूलो दलको हैसियतले तपाई (प्रचण्ड)
लाई अगाडि सारौं ।'- प्रधानमन्त्रीको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक
एमाओवादी नेताले अनलाइनखबरसँग भन्नुभयो ।
'हामीले राखेका एजेन्डा गम्छन् कि भन्नेमात्र मेरो चिन्ता हो, मैले
राजीनामा दिन्छु भनेर अध्यक्षजीलाई तीनपटकजति भनिसकेको छु । तर, चुनावको
सुनिश्चिता पनिनभएको र अध्यादेश पनि स्वीकृत गर्न नदिइराखेको अवस्थामा
निशर्त सम्झौता गर्न लागिएको हो कि भन्नेमात्रै मेरो आशंका हो,पदमा
बसिराख्न खोजेको होइन ।'- बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टी
उपाध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री भट्टराईले भन्नुभयो ।
हामीवीच तातो-चिसो हुँदा देशै प्रभावित हुँदोरहेछ-प्रचण्ड
बैठकमा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री
भट्टराईवीचको सम्बन्धले सिंगै देशमा तरंग आएको सुनाउनुभयो । 'हामी
दुईजनाको सम्बन्ध तातो-चिसो हुँदा देशै प्रभाव पर्दाेरहेछ, यो
गौरबगर्नुपर्ने विषय पनि हो र चुनौतीको विषय पनि हो । हामीवीच राम्रो भए
स्थिति सकारात्मक हुन्छ, सम्बन्ध चिसोभए देशकै वातावरण बिगि्रन्छ ।'-
प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।
करिब दुईघण्टा बसेको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले आशंका
गरेजस्तो कांग्रेस एमालेसँग अन्तिम सम्झौता नभएको भन्दै लुकीछिपी सहमति
नगरिने प्रष्ट पार्नुभएको थियो । 'केही पनि फाइनल भएको छैन, पहिले यही
सरकारलाई सहमतिको सरकार बनाउने प्रयास गरौं, दोस्रोमा कांग्रेसलाई दिऔं
भनेको हो, यसबाट केही पनि दायाँ वायाँ भएको छैन । लुकेर केही पनि भएको
गरिँदैन । विपक्षीले पनि पार्टीमा राख्छौं भनेका हुन्, फाइनल केही भएको
छैन, बाबुारमजी त्यसदिन मुगुमा भएकाले कुरा हुन पाएन'-बैठकमा प्रचण्डको
भनाइ थियो ।
राष्ट्रपतिका कारण बैठक स्थगित
एमाओवादीको बैठक बसिरहेका बेला राष्ट्रपतिको भारत भ्रमणबारे शुक्रबारै
क्याबिनेटले टुंगो लगाउनुपर्ने भएपछि प्रधानमन्त्री बैठकबाट बाहिरिनुभएको
थियो । शुक्रबार स्थगित बैठक शनिबार बिहान रोयल सिंघीमै बस्ने एमाओवादी
नेताले बताएका छन् ।
राज्यसमितिका इञ्चार्ज, विघटित स्थायी समिति सदस्य,केन्द्रीय पदाधिकारी र
कार्यालयका पदाधिकारीसहितकरिब ३० जनाको सहभागिता रहने बैठकले महाधिवेशनका
बारेमा पनि ठोस निर्णय गर्ने बताइएको छ ।

No comments:

Post a Comment