Sunday, November 4, 2012

जुवाडे र प्रहरीवीच झडप

१९ कात्तिक, महोत्तरी । महोत्तरीमा प्रहरीले जुवा खेल्न रोक लगाएपछि
विरोधमा उत्रिएका जुवाडे र सुरक्षकर्मीवीच झडप भएको छ । आइतवार
महोत्तरीको सहसौला-९, टिकुलिया बजारमा लागेको मेलामा भएको झडपमाएक असई
सहित चार प्रहरी घाइते भएका छन् ।
मेलामा प्रहरीले जुबातास खेल्न रोक लगाउनुका साथै जुवा खेलाउने र
खेल्नेलाई नियन्त्रणमा लिएपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन
प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ । जुवाडेहरुले प्रहरीमाथि
ढुंगा मुढा तथा वियरका वोटल प्रहार गरेका थिए ।

No comments:

Post a Comment