Sunday, November 4, 2012

राष्ट्रपतिमा पूर्व राजा ज्ञानेन्द्रको गन्ध आयो: एमाओवादी

१९ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले राष्ट्रपति डा. रामवरण
यादवमा पूर्व राजा ज्ञानेन्द्र शाहको गन्ध आएको वताएको छ । नयाँ
निर्वाचनको मिति माग्नु, संविधानसभा पुनःस्थापना हुनै सक्दैन भन्नु
लगायतका राष्ट्रपतिका पछिल्ला अभिव्यक्तिले पूर्व राजा ज्ञानेन्द्रको
जस्तो झल्को दिएको माओवादी बुझाई छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा नियमित पत्रकार भेटघाटमा माओवादी
प्रवक्ता अग्नि सापकोटाले भन्नुभयो-'राजा विरेन्द्रको हत्यापछि राजा
भएलगत्तै ज्ञानेन्द्रले म दाजु विरेन्द्र जस्तो टुलुटुल हेरे बस्दिन
भनेका थिए । अहिले राष्ट्रपतिमा त्यही कुराको गन्ध आएको छ । यदी
राष्ट्रपतिले यस्तो मूर्खता देखाए राष्ट्रपतिको पनि ज्ञानेन्द्रकै हालत
हुन्छ ।' राष्ट्रपति कांग्रेस-एमालेको उत्साहटमा लागेको र सहमतिको
विपक्षमा उत्रिएको माओवादी आरोप छ । 'उहाँको जोड सहमतिमा भन्दा पनि सहमति
नहोस भन्नेमा देखिएको छ । कांग्रेस-एमालेको उक्साहटमा लाग्नु भएको छ'
सापकोटाले भन्नुभयो-' 'राष्ट्रपतिले जति मरिमेटेपनि जति बल गरेपनि न त
उहाँलाई संविधानले अधिकार दिएको छ । राष्ट्रपतिले अनावश्यक चिन्ता लिन
आवश्यक छैन ।'
दलहरुबीच सहमति नभएपनि सरकारले पूर्व बजेट ल्याएरै छाड्ने भन्दै माओवादी
प्रवक्ता सापकोटाले त्यसबेलाराष्ट्रपतिको परीक्षा हुने बताउनु भयो । हिजो
संसद भएको समयमा हठातमा भंग गरेर कांग्रेस-एमालेले सिफारिस गरेको बजेट
स्वीकृत गर्नु भएको थियो' उहाँले भन्नुभयो-'अब सरकारले सिफरिस गर्ने बजेट
स्वीकृत गरिराष्ट्रको जीवन सुचारु गर्नु हुन्छ कि भड्खालोमा हाल्नुहुन्छ
। यो उहाँको परीक्षा हुनेछ ।' उहाँले दलहरुबीच केही दिनमा सहमति नभए
बजेटका पक्षमा जनमत तयार पार्न माओवादी र गठवन्धन जनतामा जाने बताउनु भयो

माओवादी हदैसम्मको लचिलो हुँदा कांग्रेस-एमालेले कमजोरी ठानेको भन्दै
प्रवक्ता सापकोटाले अब हदैसम्मको कठोर हुने चेतावनी दिनुभयो । 'संविधान
बनोस भनेर माओवादी सहमतिका लागि हदैसम्मको लचिलो भयो । तर, सहमति जुटेन'
उहाँले भन्नुभयो-देश र जनताको हितविरुद्ध कुनै सम्झौता गदैनौं । अब
हदैसम्मको कठोर हुन्छौं ।' कांग्रेस-एमालेसँग सरकार परिर्वतन बाहेक
सहमतिको कुनै प्रस्ताव नै नभएको भन्दै उहाँले माओवादीको प्रस्ताव स्वीकार
गर्न वा नयाँ प्रस्ताव ल्याउन चुनौति दिनुभयो ।

No comments:

Post a Comment