Thursday, November 8, 2012

देउसी भैली ११ बजेसम्ममात्र खेल्न जिल्ला प्रशासनको निर्देशन

काठमाडौं, कात्तिक २३ (नागरिक) - जिल्ला प्रशासन कार्यालय काठमाडौंले
राति ११ बजेपछि देउसी भौलो खेल्न निषेध गरेको छ। जिप्रका काठमाडौंले आज
एक सूचना जारी गर्दै देउसी भैली कार्यक्रमलाई मर्यादित बनाउन रव्यवस्थित
गर्न भन्दै यसको अवज्ञा गर्नेलाई कारवाही गर्नेसमेत जनाएको छ।
त्यस्तै पटका, भुइचम्पा, आतसवाजी लगायतका प्रज्वलनशील तथा विष्फोटनजन्य
वस्तुको उत्पादन, व्यापार तथा प्रयोग गर्नसमेत निषेध गरेको छ। प्रशासनले
जुवातास खेल्न र खेलाउन पनि निषेध गरेको छ।
त्यस्तै सामाजिक संघ संस्थाका नाममा व्यापार व्यावसायीबाट चन्दा उठाउने
लगायतका कार्य नगर्नसमेत निर्देशन दिएको छ।

No comments:

Post a Comment