Wednesday, October 24, 2012

वनमन्त्रीद्वारा अधिकृतसंग दुर्व्यवहार

महोत्तरी, कार्तिक ८ - आफन्तले गाडी माग्दा नदिएको भन्दै वनमन्त्री
यदुवंश झाले महोत्तरीका जिल्ला वन अधिकृत विद्यानाथ झालाई दुव्र्यव्यहार
गरेका छन् । मन्त्री झाले सालोका छोराले गाडी माग्दा किन नदिएको भन्दै वन
अधिकृत झालाई तथानाम गाली गरेका हुन् ।
विहान जलेश्वरस्थित वन कार्यालय पुगेर मन्त्री झाले बन अधिकृतलाई पतित,
भन्दै तत्काल जागिर खाइदिने धम्कि समेत दिएका थिए । मन्त्रीले गाली गर्ने
क्रममा अन्य कर्मचारी र सुरक्षाकर्मी समेत कार्यालयमा थिए । गत असोज २
गते मन्त्रीका सालोका छोरा शीवचन्द्र झाले दशैको खसी लैजान भन्दै वन
अधिकृतसँग गाडी मागेका थिए । वन अधिकृत झाले वन अनुगमनका लागि गाडी
चाहिने भएकाले निजी प्रयोजनका लागि सरकारी गाडि दिन नमिल्ने बताएका थिए ।
आफ्ना आफन्तलाई वेवास्ता नगर्न चेतावनी दिदै मन्त्री झा भारत तर्फ लागेका
छन् । उनी हरेक पटक जिल्ला पुग्दा भारततर्फ जाने गरेका छन ।

No comments:

Post a Comment