Wednesday, October 24, 2012

दसैंमा खर्च जुटाउन नसकेपछि आत्महत्या

काठमाडौं, कार्तिक ८ - चितवनको अयोध्यापुरीस्थित गणेशकुञ्जमा गरिबीका
कारण एक व्यक्तिले आत्महत्या गरेका छन्। दसैं मान्ने खर्च जुटाउन नसकेपछि
स्थानीय ५० वर्षीय धनबहादुर परियारले आत्महत्या गरेका हुन् । खर्च नभएपछि
अष्टमीका दिन धनबहादुरले छिमेकीसँग केही दिनमा पैसा दिने भन्दै मासु
माग्दा नदिएपछि उनले आत्महत्या गरेका हुन् ।
परियारले मंगलबार आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनका १२ जना छोरा
छोरी छन् । गणेशकुञ्जमा एक कठ्ठा सार्वजनिक जग्गामा सानो झुप्रो बनाएर
बसेका परियारले भान्सा कोठाको दलिनमा झुण्डिएर आत्महत्या गरेका हुन्।
चितवन प्रहरी प्रमुखरएस पी दीपककुमार थापाले गरिबीका कारण परियारले
आत्महत्या गरेकोबताएका छन् ।

No comments:

Post a Comment