Wednesday, October 24, 2012

दशैं मनाउन प्रधानमन्त्री बृद्धाश्रम जाँदै

८ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पशुपति
बृद्धाश्रमका बृद्ध-बृद्धाहरुसँग दशैं मनाउनुहुने भएकोछ ।
बिहान १० बजे आश्रम पुग्ने प्रधानमन्त्रीले त्यहाँ रहेका
बृद्ध-बृद्धाहरुलाई लत्ताकपडाबितरण गर्दै हुनुहुन्छ । अघिल्लो बर्ष पनि
प्रधानमन्त्रीले बृद्धाश्रम पुगेर यसैगरि दशैं मनाउनुभएको थियो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार त्यसपछि प्रधानमन्त्री कोटेश्वर
पुगेर पिता भोजप्रसाद भट्टराईको हातको टीका लगाउने कार्यक्रम रहेको छ ।
यसैवीच राष्ट्रपति रामबरण यादवले भने बडा दशैंका अबसरमा सर्वसाधारणलाई
टीका लगाईदिँदै हुनुहुन्छ । पूर्वराजा ज्ञानेन्द्रले पनि अपरान्ह ३
बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको बताइएको छ ।

No comments:

Post a Comment