Thursday, October 25, 2012

सांस्कृतिक कार्यक्रममा झडप, थुप्रै घाइते

९ कात्तिक, चौतारा । सिन्धुपाल्चोकको सुनखानी गाविस–७ सिल्पु भन्ने
ठाउँमा भएको सांस्कृतिक कार्यक्रममा छिमेकी गाविसबाट गएका केही उच्छृङ्खल
युवकको आक्रमणबाट थुप्रै व्यक्ति घाइते भएका छन् । नवमीको दिन बेलुका ५
बजे भएको आक्रमणबाट स्थानीयवासी लाक्पातामाङ, लालबहादुर तामाङ,
प्रदीपतामाङ, वीरबहादुर तामाङ, बुद्ध तामाङलगायतका व्यक्ति घाइते भएका
हुन् । घाइतेमध्ये टाउकोमा चोट लागी स्वास्थ्य स्थिति गम्भीर बनेका
लाक्पा लामा र लालबहादुर तामाङलाई खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा
आज बिहान उपचारका लागि लगिएको स्थानीय शिक्षक चतुरमान तामाङले बताउनुभयो

छिमेकी धुमपाखर गाविस–८ टिमुरेबाट विनोद र नोर्वुलगायतका १८÷१९ जना
युवकले सांस्कृतिक कार्यक्रम हुन नदिने भन्दै दिउँसोदेखि धम्क्याउन
थालेको तामाङले बताउनुभयो । घटनाबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि
ठूलोपाखर गाविसस्थित प्रहरी चौकीबाट राति १०:३० बजे प्रहरी आइपुगेको थियो
। त्यसैगरी तनहुँको बन्दीपुर–९ स्थित तिलाहारमा गएराति भएको झडपमा चार
युवक गम्भीर घाइते भएका छन् । झडपमा परी घाइते हुनेमा सोही वडामा पर्ने
झारगाउँका २० वर्षीय कृष्ण गुरुङ, २४ वर्षीय भरत गुरुङ र २२ वर्षीय
धनबहादुर गुरुङ तथा तिलाहारका २३ वर्षीय महेशकुमार गुरुङ रहेको जिल्ला
प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पुरानो रिसइबीलाई लिएर तिलाहारका युवाले झारगाउँका युवामाथि
खुकुरीलगायतका हतियारले आक्रमण गरेका थिए । टाउको, हात र शरीरका विभिन्न
भागमा गहिरो चोट लागेका घाइतेको भरतपुरको मेडिकल कलेजमा उपचार भइरहेको
प्रहरीले जनाएको छ । झडपमा संलग्न तिलाहारका सात युवकलाई राति नै
नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनास्थलबाट एक थान खुकुरीसमेत
बरामद गरिएको छ । रासस
Comments:

No comments:

Post a Comment