Thursday, October 25, 2012

बिहानैदेखि टिका लगाउन जानेको चहलपहल

काठमाण्डौं, ९ कात्तिक । हिन्दु नेपालीहरुको महान चाड विजया दशमीको आज
दोस्रो दिन एकादशी । विजया दशमीको दिन हिजो टिका जमरा थाप्न नभ्याएकाहरु
आज विहानैदेखि आफन्तकोमा जानेक्रम जारी रहेको छ ।
टिका थाप्न जानेहरु विहानै देखि सडक पेटिमा जम्मा भएर गाडीको प्रतिक्षामा
बसिरहेको देख्न सकिन्छ भने हिजो कम मात्र चलेका सवारीका साधन आज
विहानैदेखि चल्ल थालेका छन् । दशैंको टिका थाप्न पूर्णिमासम्म आफन्तकोमा
जानेक्रम जारी रहने छ ।
लडाकुको दशैं रमाइलो
यसैगरी माओवादीका पूर्व लडाकूहरुले लामो समयपछि यसपाली हर्सोल्लासका साथ
दशैं मनाएका छन् । पार्टीको नीति भन्दै नेतृत्वले दशैं मनाउन उचित अवसर
नदिएपनि यसपाली समायोजनको सम्पूर्ण प्रक्रिया पुरा भएर अवकास रोजेका
लडाकू घरमा पुगेको तथा समायोजनकै लागि छनौट भएकाहरु पनि घरविदामा रहेकाले
उनीहरुले लामो समयपछि हर्सोल्लासका साथ परिवारसँग दशैं मनाउन पाएको भन्दै
खुसी व्यक्त गरेका छन् ।
विदेशी पर्यटकले पनि लगाए टिका
त्यस्तै विदेशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरुले पनि नेपालीहरुको महान
चाड दशैं हर्सोल्लासका साथ मनाएका छन् । पर्यटकले आफु रहेको स्थानका
व्यवसायीबाट टिका जमरा लगाएर दशैं मनाएका छन् ।
चितवनको सौराहा घुम्न गएका पर्यटकलाई पनि स्थानीय व्यवसायीहरुले टिका
जमरा लगाईदिएका थिए ।
पर्यटकहरुले घटस्थापनका कै दिनदेखि नेपाली संस्कृति अनुसार विभिन्न मठ
मन्दिरमा गई पुजाआजा गरेर दशैंमा थप मनोरजन लिएका छन् ।
यसमा तपाइको मत

No comments:

Post a Comment